चितवन(नेस) । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा शुक्रबार विहान माईक्रो बस र ट्रक एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् ।
तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि भरतपुर लैजादै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा माईक्रो बसका चालक कास्कीको रुपाकोट–८ का चन्द्र केसी रहेका छन् भने अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट नारायणगढ आउदै ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माईक्रो बस एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते पाँच जनाको चितवन मेडिकल कलेज र २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार ट्रक सडकबाट ५० मिटर तल खसेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।