विराटनगर, (नेस)
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौको आयोजनामा विराटनगरमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दुइदिने प्रादेशिक सम्मेलन सुरु भएको छ ।
कार्यक्रममा बोल्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डिआइजी धिरु बस्न्यातले भदौ १ गतेबाट लागू हुने नयाँ मुुलुकी संहिताको सफल कार्यान्वयनकालागि अपराध अनुसन्धानकर्ता र अभियोजनकर्ता बीच समन्वन हुन जरुरी रहेको बताउनुभयो । उहाँले अपराध अनुसन्धानमा शून्य सहनशिलताको सिद्धान्त अपनाउन आग्रहसमेत गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश एकका डिआइजी केदार रिजालले भदौ एक गतेदेखि लागु हुने नयाँ संहिता कार्यान्वयनका लागि प्रदेश एकका सुरक्षाकर्मी तयार अवस्थामा रहेको जानकारी दिनुभयो । नया संहिता कार्यान्वयन लगायतका विषयमा प्रदेशका सबै सुरक्षाकर्मीहरुलाई विभिन्न समयमा अनुशिक्षण तालिमको दिइएको उहाँले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।