काठमाडौँ । होटल अन्नपूर्णकाे कार्यक्रममा फिल्म ‘कस्मिक लभ’को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मलाई बि.एस बलामी र एस अधिकारीले संयुक्तरुपमा निर्देशन गर्नेछन् भने मुभी मेकर्स प्रालीले निर्माण गर्ने भएको छ ।
फिल्मको छायाङ्कन सुरेश बज्रचार्यको रहने छ । बाबु गिरीको सङ्गीत, बाबु साहेबको द्धन्द्ध, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन र विपन मल्लको सम्पादन रहने छ । फल्ममा अर्पण थापा, प्रशान्त ताम्राकार, दिया मास्केको मुख्य भूमिका रहनेछ ।
अर्पण थापा, प्रशान्त ताम्राकार, दिया मास्केको अलावा रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जन र सागर खनालको अभिनय रहनेछ । फिल्मको छायाङ्कन असार ११ गतेबाट औपचारिक रूपमा सुरु हुने बताइएको हो।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।