भक्तपुर, (नेस)
भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाई अभियानको १६ औ हप्ता ९ टन फोहोर संकलन गरिएको छ । मध्यपुृरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको सिमानामा रहेको थिमि चारदोबाटोबाट बालकोट जाने सडकमा रहेको हनुमन्ते नदीको पुल र त्यस क्षेत्रमा सरसफाई गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधीसभा नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले उद्घाटन गर्नुभएको सरसफाईमा हनुमन्तेमा फोहोर फाल्नेलाई कडा कारबाही गर्न र हनुमन्तेलाई हराभरा बनाउँन नगरािलकाहरुले कार्यक्रम नै बनाएर लानु पर्नेमा जोड दिनुुभयो ।
सूर्यविनायक नगरपालिकाको नेतृत्वमा सुरु भएको अभियानमा नगर प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत लगायत नेकपा, नेपाली काँग्रेस लगायतका पार्टीका प्रतिनिधि, जिल्लाका विभिन्न संघसंस्था, नगरपालिका, विद्यार्थी, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको थियो ।
२०७५ लाई हनुमन्ते सफाई वर्ष घोषणा गर्दै सुरु भएको अभियानमा आजसम्म २२५ टन फाहोर संकलन भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।