काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय लागूऔषध दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ईचङगुनारायण, महानगरीय प्रहरी वृत स्वयम्भु तथा नागार्जुन नगरपालिका–२ को संयुक्त आयोजनामा लागूऔषध दुर्व्यसनी तथा ओसार पसार न्युनिकरण एवं निर्मुलन अभियान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा ३ नम्वर प्रदेश सभाका सदस्य माननीय प्रकाश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, प्रहरी वरिष्ठ उपरीक्षक रामकृपाल साह ,नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेत लगायतका महानुभावहरुले लागूऔषध दुर्व्यसनी तथा बेचबिखनको निर्मुल पार्न नागरिक समाज, अभिभावक तथा प्रहरीले खेल्ने भूमिका प्रति आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
इचङगुनारायण सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रताप दानीको सभापतित्व सम्पन्न कार्यक्रममा कलाकारद्धारा लागूऔषध सम्बन्धी नाटक प्रर्दशन समेत गरिएको थियो ।
कार्यक्रममा बिद्यार्थी, अभिभावक, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले चेतनामूलक व्यानर तथा प्लेकार्ड सहित नागार्जुन नगरपालिकाको विभिन्न स्थानमा (याली सहित परिक्रममा गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।