नेपाल समाचारपत्र, ललितपुर
प्रहरीसंग मिलेर अभियानकै रुपमा सञ्चालन गरिएको लागूऔषध दुव्यर्सनी विरुद्ध सडक नाटक कार्यक्रम पछिल्ला पटक ललितपुरको ठेचोमा देखाइएको छ ।
औषध दुव्र्यसनी संख्या बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न ठेचोस्थित श्री सरस्वती माविमा ‘मेरो पाईला’ नामक सो नाटक देखाइएको हो । गोदावरी नगरपालिकाको सहयोगमा, नेपाल प्रहरी लागू औषध दुव्र्यसन व्युरोको समन्वयमा राष्ट्रिय युवा महासंघले सो नाटक देखाएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरसंग मिलेर एक वर्षसम्म अभियान रुपमा सो नाटक देखाइएको थियो । विभिन्न वडा र टोलमा देखाउन थालेपछि यसले अभियानको रुप लिएको हो । त्यसमा आबद्ध कलाकार युवाहरुले नाटक प्रस्तुत गरेका थिए । लागू औषध विरुद्ध घर परिवार सक्रिय हुनुपर्ने, यसमा प्रहरीको साथ लिन सकिने, युवालाई कुलत फस्न नदिन परिवारको सक्रियता, रचनात्मक क्रियाकलापमा युवाको परिचालन गर्नुपर्ने नाटकको सन्देश थियो । नाटक हेर्न विद्यार्थी, शिक्षक शिक्षिका र स्थानीयवासीहरुको भीड देखिन्थ्यो ।
महासंघका सडक नाटक संयोजक प्रणीता शाक्यका अनुसार हालसम्म सो नाटक ललितपुर महानगरपालिका वडा नं १६ को मंगलबजार, पट्को, प्रभाग परिसर, चक्रबहील टोल, वडा नं ११ को बंगलामुखी, नया“ बानेश्वर, शंखमुल दःथुल हु“दै ठेचोमा देखाइएको थियो । नाटकसंगै नेपाल प्रहरीको लागू औषध दुव्यर्सनी व्युरोले लागू औषध दुव्यर्सनीको असरबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।‘निकै सजीव लाग्ने गरी कलात्मक तरिकाले देखाइएको नाटक प्रभावकारी लाग्यो । नाटकको सन्देश पनि महत्वपूर्ण छ ।’ व्युरो प्रमुख एवं प्रहरी नायब महानिरीक्षक राईले भन्नुभयो ।
लागू औषध दुव्र्यसनी विरुद्धको समस्या बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न युवावर्गलाई त्यसबाट बचाउन नाटक प्रभावकारी रहेको प्रहरी नायब महानिरीक्षक राईको विश्लेषण रहेको छ ।
‘लागू औषध दुव्र्यसनीसंग धेरै पाटो जोडिएको छ । लागू औषध सम्बन्धी कानूनी पनि कठोर हिसाबले बनाइएको छ । लागू औषध दुव्र्यसनीहरुलाई विस्तार ओसारपसारमा संलग्न गराउने आएको विभिन्न अनुसन्धानले देखाएको छ । लागू औषधको दलदलमा युवावर्गलाई फस्न नदिन जनचेतनामूलक कार्यक्रमको निकै खाँचो र महत्व रहेको छ ।’ प्रहरी नायब महानिरीक्षक राईले भन्नुभयो ।
सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले लागू औषध दुव्र्यसनीले युवावर्गको उर्जा विनाशतर्फ जाने गरेकोमा चिन्ता गर्दै त्यसको विरुद्धको जनचेतनामूलक कार्यक्रमको निकै खा“चो रहेको धारणा राख्नुभयो ।
राष्ट्रिय युवा महासंघ ललितपुरका अध्यक्ष राजेश बज्रचार्यले लागू औषध प्रयोगकर्तालाई ओसार र पसारमा संलग्न गराउने क्रम बढेको बताउ“दै यसमा प्रहरीसंगै सबै चनाखो हुनुपर्ने खा“चो औल्याउ“नुभयो ।
श्री सरस्वती माविकास प्रधानाध्यापक विष्णुनारायण श्रेष्ठले बालबालिका, किशोरकिशोरीदेखि लागू औषध दुव्यर्सन विरुद्ध ज्ञान दिनुपर्ने बताउ“दै सडक नाटक मर्म स्पर्शी रहेको धारणा राख्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।