चितवन, (नेस)
आइतवार साँझ पानीसँगै आएको पहिरोले अबरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड साँझ ७ बजेबाट एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे भन्ने स्थानमा माथिबाट पहिलो झर्दा सडक अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
साँझ पौने ६ बजेपछि सडक अबरुद्ध भएको हो । पहिरोसँगै रुख र बिजुलीको पोलसमेत लडेकोले सवै पहिरो हटाएर दुईतर्फी गर्न समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए । सडकमा सवारीको चाप बढि छ । पहिरो झरेपछि मुग्लिनमै सवारी साधनलाई रोकेको बिस्तारै पठाउने काम गरिएको उनले बताए । कालोपत्रे गरेर एक हप्ता सहज भएको यो खण्डमा बर्खा लागेसँगै पटकपटक पहिरोले दुःख दिन थालेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।