श्रावण २०, कावासोती ।। शिव मन्दीर महीला बहुउद्देश्यीय सहकारी सस्थाकावासोतिद्धारा सचांलित दुइ दिने अन्तरकृया कार्यक्रम आज समापन गरीएको छ ।
शिव मन्दीर महिला बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष खगिसरा गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा शिव मन्दीर महिला बहुउद्देश्यीय सहकारी सस्थाका सस्थापक अध्यक्ष विश्व कुमारी कंडेल प्रमुख अतिथी रहनुभएको थियो ।
समाजमा घटेका घटनाहरुलाइ कसरी न्युनिकरण गर्न सकीन्छ भन्ने उद्देश्यका साथ सचालित दुइ दिने अन्तरकृया कार्यक्रममा साविक शिव मन्दीर गाविस मा रहेका ९ वटा वडामा गठन भएका लैगिक हिसा निगरानि समुहमा आवद्ध ४९ जना महिलाहरुको सहभागिता रहेको छ ।
अन्तरकृया कार्यक्रममा सहभागिहरुलाइ समाजमा घटने घटनाहरुको विस्तृत विवरणको लागी क, ख , र ग गरी तिन वटा फारम भर्न सिकाइएको थियो ।
यस अन्तरकृया कार्यक्रमले समाजमा घटने हिंसा कसरी न्युनिकरण र सहजीकरण गर्न सकीन्छ भन्ने विषयमा जानकारी प्राप्त भएको सहभागि प्रशिक्षार्थीहरुले बताएका थिए ।
कावासोतिमा रहेको हिकोडेफमा सचालित अन्तरकृयामा सुमित्रा सिग्देलले प्रशिक्षण प्रदान गर्नुभएको छ भने शिव मन्दीर महिला बहुउद्देश्यीय सहकारी सस्थाकी सचिव धनिमाया अधिकारीले सहजीकरण गर्नुभएको थियो ।