
बारा, (नेस)
खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढको कार्य समिति र लेखा समिति निर्वाचनको मतगणना तारजालीले घरेर शुरु गरिएको छ ।
मतदानपछि गणना गर्ने तयारीको क्रममा शनिबार राति दुई पक्षबीच विवाद उत्पन्न भएपछि निर्वाचन समितिले सुरक्षाको लागि भन्दै गणना स्थल तारजालीले घेरर आइतबार दिउसोबाट मतगणना शुरु गरेको हो ।
मतगणना गर्ने बेलामा नेपाल कम्युनिष्ट पार्टी समर्थित प्रगतिशील प्यानलका प्रतिनिधिले तत्काल र नेपाली काग्रेश तथा राप्रपा समर्थिक लोकतान्त्रिक प्यानलका प्रतिनिधिले आइतबार बिहानबाट मात्र गणना गर्ने अडान राखेपछि दुबै पक्षबीच विवाद उत्पन्न भएको र निर्वाचन समितिका कर्मचारीले मतगणना सम्बन्धि आचार संहिता लेख्दै गरेको निर्वाचन समतिको माइन्युट खोसाखोर भएको र दुबै पक्षबीच हातहालाहालको अवस्था उत्पन्न भएको थियो ।
विवादपछि निर्वाचन समितिसंग दुबै पक्षले बिहान ७ बजेबाट गणना शुरु गर्ने सहमति गरेका भएपनि दिउसो १२ बजेबाट मात्र गणना शुरु भएको हो ।
सुरक्षालाई शंवेदनशीलतालाई ख्याल राखेर मतगणना स्थलमा तार जाली र सिसी क्यामरा जडान गरिएको निर्वाचन अधिकृत सुरेन्द्र चौधरीले जानकारी दिनुभयो । उनले स्थिति असहज देखिएकाले सुरक्षा प्रवन्धमा ख्याल गर्नु परेको अधिकृत चौधरीको भनाई छ ।
दिउसो ४ बजेसम्मको गणनामा प्रततिशील प्यानका सुर्दशन कोइरालाले ३ सय ९२ र लोकतान्त्रिक प्यानलबाट अध्यक्षका उम्मेदवार नवराज तिमल्सिनाले २३६ मत प्राप्त गर्नु भएको छ। निर्वाचन अधिकृत चौधरीले गनणा कार्य ढिलो भइरहेकाले सोमबार बिहानसम्म मतगणनाको अन्तिम परिणाम प्राप्त हुने जानकारी दिनुभयो । मतगणना स्थालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाकर्मीले निगरानी बढाएा छन भने तारजाली लगाइएको स्थानमा उम्मेदवार र प्रतिनिधिहरुलाई समेत प्रवेश गर्न रोक लगाइएको छ। निर्वाचनमा प्रगतिशील प्यानलबाट अध्यक्ष पदमा सुदर्शनप्रसाद कोइराला र लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा नवराज तिमल्सिनाले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
कुल ४ हजार २ सय ५४ मतदाता मध्ये निर्वाचनमा ३ हजार २ सय ९९ ले मदतान गरेका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।