दोलखा(नेस) । दोलखाको कालिञ्चोक गाउँपालिकाबाट एक जना ईन्जिनियरलाई अख्तियारको टोलीले सेवा ग्राहिसंग घुस लिएको आरोप आज पक्राउ गरेको छ ।
कालिञ्चोक गाउँपालिकाको ९ सुन्द्रावतीमा पुर्ननिर्माणमा खटिएका करारमा कार्यरत ईन्जिनियर राम नरेश यादवलाई काठमाडौँ र हेटौडाबाट आएको अख्तियारको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक ज्ञानबहादुर तमाङले जानकारी दिनुभयो । तमाङका अनुसार ईन्जिनियर यादवलाई पुर्ननिर्माणको क्रममा स्थानीयसंग ९ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ ।
ईन्जिनियर यादवलाई पक्राउ गर्ने क्रममा स्थानियले यादव निर्दोस रहेको भन्दै झण्डै तीन घण्टा सडक अवरुद्ध गरी पक्राउ गर्न अवरोध पु¥याएका थिए ।
दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले सेवाग्राहिसंग घुस लिएको आरोप लागेका कालिञ्चोक गाँउपालिकाका ईन्जिनियर यादवलाई अख्तियारको टोलिले पक्राउ गर्ने क्रममा स्थानियले अवरोध गरेपछि कालिञ्चोक गाँउपालिकाका अध्यक्ष विनकुमार थामी लगाएत जनप्रतिनिधि र दोलखाको प्रहरी टोलि पुगेर अवरोध हटाएपछि यादवलाई अख्तियार टोलिले पक्राउ गरी लगेको बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।