नुवाकोट (नेस)
जिल्ला प्रशासन कार्यालय नुवाकोटले सामाजीक संघ संस्था दर्ता र नविकरणका लागि नयाँ व्यवस्था गरेको छ ।
कार्यालयले आइतबार एक सार्वजनीक सुचना प्रकाशीत गदै संघ संस्था दर्ता/नविकरणका लागि संस्थाका पदाधीकारीहरु तथा कर्मचारीहरुको सम्पत्ती बिबरण अनिवार्य रुपमा उपलव्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
एउटा संस्थाले एउटा मात्र कार्यक्षेत्रमा काम गर्न पाउने तथा दर्ता भईसकेका संस्थाहरुले एउटा मात्र उदेश्य राखेर बिधान संशोधन गरेपछि मात्र नविकरण गर्ने उल्लेख गरेको छ ।
त्यस्तै लगातार ३ बर्ष भन्दा बढी समय सम्म नविकरण हुन नसकेका संस्थाहरुलाई १५ दिन भित्र नविकरण गराउन समेत समय दिएको छ । त्यस्तै सामाजीक संस्थाहरुले चौमासिक रुपमा अनिवार्य प्रगति बिबरण बुझाउनु पर्ने व्यवस्था समेत गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।