राम धामी, डडेल्धुरा
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुमा अहंकार र स्वइच्छाचारिता बढदै गएको बताएका छन ।
जिल्लास्थित सरकारी निकाय र स्थानीय सरकारका विकास सम्बन्धि गतिविधीहरुको समन्वय र अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समिति कार्यकारी निकाय नभएकाले आफुले चाहेर पनि जनप्रतिनिधीहरुका गलत कृयाकलाप रोक्न नसकिएको उनले स्पष्ट पारे । बिगतमा कर्मचारीले सञ्चालन गरिरहेका स्थानीय निकायको भन्दा पनि बढि आर्थिक अनियमिता र भ्रष्टाचार स्थानीय तहमा भइरहेको जिकिरगर्दै उनले डडेल्धुराका स्थानीय तहमा शुशासन प्रवद्र्धन निकै चुनौतीपुर्ण रहेको जिकिर गरे ।
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले मंगलबार सदरमुकाममा आयोजना गरेको सूचनाको हक सम्बन्धि कानूनको प्रभावकारी कार्यान्वयन बिषयक अन्तरकृया कार्यक्रमको प्रमुख अतिथीका हैसियतले उदघाटनगर्दै जिसस प्रमुख भट्टले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहहरुले सूचनाको हक सम्बन्धि कानून कार्यान्वयनमा उदासिनता देखाईरहेको बताए । पारदर्शिताले लोकतन्त्र परिकृष्त हुँदै जाने जिकिरगर्दै उनले हिजोका दिन लोकतन्त्रका लागि सँगसँगै लडेका ब्यक्तिहरु आज स्थानीय तहमा जनप्रतिनिधी बन्ने बितिक्कै कर्मचारी भन्दा पनि बढि अपारदर्शी बनेको प्रति आश्चार्य ब्यक्तगरे ।
डडेल्धुरा जिल्लाका अधिकांस स्थानीय तहमा आर्थिक अनियमितता र भ्रष्टाचार भईरहेको दाबीगर्दै उनले जिल्लाभरिका स्थानीय तहका जनप्रतिनिधीहरु बिरुद्ध सर्वसधारणले अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी हाल्न थालेको जानकारी दिए । “अख्तियारले फिल्डमै पुगेर वास्तविकता पत्ता लगाउन जिल्ला समन्वय समितिलाई पत्राचार गरिरहेको छ,” उनले भने, अधिकांस जनप्रतिनिधीहरु अख्तियारको कडा निगरानीमा छन ।”
स्थानीय तहमा जनप्रतिनिधी आएसँगै शुशासनको प्रत्याभुती हुने अपेक्षा गरिएकोमा जनप्रतिनिधीहरुमा बढदै गएको अपारदर्शिता र आर्थिक अराजकताका कारण विकास बजेटको ठुलो हिस्सा दुरुपयोग भईरहेको उनले बताए । सूचनाको हक सम्बन्धि कानूनी ब्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि नागरिकस्तरबाट दबाब सिर्जना गरिनु आबश्यक भएको उनले बताए । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष मानबहादुर साँउदको अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रममा बोल्दै महासंघका पुर्व केन्द्रीय सदस्य छत्र साँउदले सूचनाको हक सम्बन्धि कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा सबै भन्दा बढि पत्रकारहरु प्रताडित भइरहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डडेल्धुराका पुर्व अध्यक्ष राम धामी, ७ नं. प्रदेश कार्यसमितिका सचिव करन ताम्रकार, सदस्य बरुण पनेरु, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भण्डारी, प्रेस युनियन डडेल्धुराका सभापति टेकराज अवस्थी, मिडिया सोसाईटी डडेल्धुराका अध्यक्ष विमल जैरु, गैसस महासंघ डडेल्धुराका सदस्य शिद्धराज पाठक, नेपाल बार एसोसिएसन जिल्ला अदालत बार इकाई डडेल्धुराका प्रतिनिधी अधिवक्ता तुलाराम बोहरा लगायतले सूचनाको हक सम्बन्धि कानूनी ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने मागगरे ।
कार्यक्रममा हालै सम्पन्न नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश कार्यसमिति सचिव करन ताम्राकार र सदस्य बरुण पनेरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी जिजस डडेल्धुराका प्रमुख भट्टसहित अतिथीहरुले दोसल्ला ओढाएर दुबैजनालाई सम्मान गरेका थिए । सम्मानित पत्रकारहरुले पेशागत हक हित संरक्षणका लागि प्रतिवद्ध रहेको बताएका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।