चितवन (नेस)
पछिल्लो समय चितवनमा शैलुन ब्यवसाय गर्ने युवाको संख्या बढ्दै गएको छ ।केही बर्ष अघि भारतीयहरुले मात्र गर्ने यो व्यवसायमा पछिल्लो बर्षहरुमा नेपाली युवाहरुको प्रवेश बढ्न थालेको छ ।विगत पांच बर्षदेखी शैलुन व्यवसायमा सक्रिय भरतपुरका युवा रामप्रसाद सिग्देलले आज (मंगलबार) देखी भरतपुरको चौबिसकोठीमा अत्याधुनिक सेवा सुविधा सहितको पपुलर जेन्स एण्ड लेडिज शैलुन संचालनमा ल्याएका छन् ।
शैलुनको आज एक कार्यक्रमका बीच चितवन क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सांसद विजय सुबेदीले उद्घाटन गरे ।शैलुन उद्घाट गर्दै सुबेदीले देशमा लगानी गर्ने र व्यवसाय गर्ने वातावरण बनेको भन्दै युवाहरु उद्यमशील बन्नुपर्ने बताए । उनले साना कामबाट नै समाज रुपान्तरण हुने भन्दै कामलाई लिएर बिभेद गर्न नहुने तर्क गरे । “सुबेदीले भने,हामी नेपालमा आफ्नै काम गर्न लाज मान्छौ,बिदेशमा गएपछि जस्तो शुकै काम सानो ठूलो हुदैन् भन्ने गर्छौ ।” कामलाई सानो–ठूलो भन्ने हाम्रो मानसिकता नै अन्त्य गर्नुपर्ने उनले बताए । हरेक ब्यवसायमा सफल बन्न लगनशील बन्नुपर्नेमा सुबेदीको जोड छ ।
सो अवसरमा बोल्दै क्रान्तिकारी पत्रकार संगठनका निबर्तमान केन्द्रिय कोषाध्यक्ष नबराज ढकालले हरेक कामलाई सम्मान गर्न सिक्नुपर्ने बताए । उनले व्यवहार र बोलीले व्यवसायमा प्रभाब पार्ने भएकाले त्यसतर्फ ध्यान दिन सुझाब दिए ।नेपाली युवाले कवाडी सामान उठाउनेदेखी सुनपसल राख्ने सम्मका ब्यवसाय गर्नुपर्ने उनले बताए । उद्यमशील बन्ने युवाहरुलाई मिडियाको सधैं साथ रहने ढकालको भनाई छ ।
आफ्नै देशमा केही गर्ने उदेश्यका साथ शैलुन पेशामा लागेका संचालक राम प्रसाद सिग्देलले बताए । उनले शैलुनमा बिभिन्न सेवासंगै ट्रेनिङ पनि संचालन गर्ने जानकारी दिए । शैलुन व्यवसाय गरे बिदेमा जति पैशा आफ्नै देशमा कमाउन सकिने उनको भनाई छ ।
करिब २० लाखको लगानीमा संचालनमा ल्याइएको शैलुनमा ८ जना नेपाली युवा युवतीले रोजगार पाएका छन् । शैलुनमा कपाल काट्ने,कलर गर्ने,फेसियल,कपाल स्टेट,बेहुला÷बेहुली मेकअप लगाएतका सेवा प्रदान गरिने संचालक सिग्देलले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।