विमल विष्ट, डोटी ।
डोटीमा बिगत केही समय यता वातावरणीय प्रभाव मुल्याङकन विना नै धमाधम सडक निर्माण भईरहेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र वन क्षेत्रमा वातावरणीय प्रभाव मुल्याङकन नगरेरै सडक बनाउने होडबाजी नै चलेको छ ।
अधिकार सम्पन्न जनप्रतीनिधिका अगाडी जिल्ला वन कार्यालय निरिह बनेको छ । वातावरणीय प्रभाव मुल्याङकन विना नै जिल्लामा धमाधम सडक निर्माण हुदा जोखीम बढाएको स्थानियबासीहरुको आरोप छ ।
डोटी जिल्लाका केआईसिंह, बोगटान, बड्डीकेदार, आदर्श, सायललगायतका गाउँपालिकाहरुमा वर्ष शुरु गरेका दर्जनौ ग्रामीण सडकहरूको वातावरणीय प्रभाव मुल्याङकन गरिएको छैन् ।
चुनावमा गरिएका वाचा पूरा गर्ने नाममा जनप्रतिनिधिहरुले मापदण्ड विपरीत जिल्लाभरी बन क्षेत्रमा निर्वाध रुपमा सडक बनाईरहेको केआईसिंह गाउपालिका दल्लका स्थानिय सेरबहादुर ऐरले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘भोट माग्ने बेला नेताहरुले जहाँ जहाँ सडक पु¥याउला भनेका थिए, सोही क्षेत्रमा वातावरणीय प्रभाव मुल्याङकन बिनानै सडक काटिन थालेका छन्,यो त नेताको बाचा पुरा गर्ने काम मात्रै भएको छ ।’ डोटी लगायत यहाँका अन्य जिल्लाहरुमा पनि वातावरणीय प्रभाव मुल्याङकन बिनानै धमाधम सडक काटिन थालेका छन् ।
वरपरका वस्तीलाई नै जोखीम पार्ने गरि सडक निर्माण गरिएपनि जनप्रतिनिधिको अगाडी केहि गर्न नसकेको जिल्ला वन कार्यालय डोटी सहायक वन अधिकृत शुरेसचन्द्र डिसिले बताउनु भयो । उहाँले भन्नु भयो ‘वस्तिनै जोखिममा पारेर सडक काटिएको हामीले देखेका छौ,जनप्रतिनिधी हामी भन्दा पावरफुल छन,उहाँहरुमा सामु हामी निरिह भएका छौ ।’
विस्तृत योजना प्रतिवेदनको नाममा लागत स्टमेट, लाभान्वीत घरधुरी, कूल खर्च, सडकको चौडाई र लम्वाईको अध्ययन गरिएको छ । तर वन क्षेत्रमा कुनै पनि विकास निर्माण गर्दा वातावरणीय प्रभाव अध्ययन गर्नैपर्ने प्रावधान रहेपनि उक्त नियमको भने खिल्ली उडाईएको वनमर्कचारीको आरोप छ ।
वातावरणीय प्रभाव मूल्यांकन नगरी बनाएका सडकले निम्त्याउने जोखीम प्रति स्थानीय सरकार गम्भीर नदेखिएको स्वयम स्थानियहरुको आरोप छ । डोटीको केआईसिह गाउपालिकाका ईन्जिनियर पुष्पकमल उपाध्यायले पनि वातावरणीय प्रभाव मुल्याङकन विना सडक निर्माण गरेको स्वीकार गर्नुभयो ।
वन क्षेत्रमा जथाभावी सडक निर्माण गर्ने होडवाजी नरोकीए ठुलो जोखीमको सम्भावना रहेको जिल्ला वन कार्यालय डोटीका वन अधिकृत बद्रिकुमार कार्कि को भनाई छ । अधिकार सम्पन्न जनप्रतिनिधिहरु आफ्नो स्थानीय तहमा काम गर्दा कसैको पनि अनुमती आवश्यक नभएको दम्भका साथ अगाडी बढिरहेका छन् ।
त्यसैले वातावरणीय प्रभाव मुल्याङकन जस्तो गम्भीर विषयमा पनि उनीहरुको ध्यान जानग सकेको छैन् । वन क्षेत्र भित्र विकास निर्माण गर्दा कसरी पर्यावरणमैत्री बनाउने र कम क्षति गर्ने त्यो विषयमा पनि कसैको ध्यान गएको छैन् । यस्ले विकास भन्दा विनास बढि गर्ने डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।