काठमाडौँ
वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएपछि उहाँद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ ।
डा देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ परिवर्तन गरेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ नामकरण गरिएको छ । उहाँले भन्नुभयो, “कम्पनी रजिस्ट्रारको कार्यालयले दर्ता प्रमाणपत्र दिइसकेको छ । बाँकी प्रक्रिया पनि छिटै थालिने छ ।”
एसियामै स्नायुरोग विशेषज्ञका रुपमा ख्याति प्राप्त डा देवकोटाको गत सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । डा देवकोटा छ महिनादेखि पित्तनलीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।