सरोज यादव, विराटनगर
विराटनगर १२ सिमराही टोलका सुकुम्बासी विराटनगर महानगरपालिकाले बस्ती भत्काउन ३५ दिने सुचना जारी गरेपछि आन्दोलित भएका छन् । उनीहरुले महानगरपालिकाले सडक बिस्तारका नाममा पुस्तौदेखि बस्दै आएको आफ्नो बस्ती भत्काउन पठाएमा आफूहरु मर्न तयार रहेको तर बस्ती भत्काउन नदिने बताएका छन्।
विराटनगर वार्ड नम्बर १२ सिमराही टोलका सुकुम्बासीहरु विराटनगर महानगरपालिले बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेकोमा आन्दोलित भएका हुन ।
उनीहरुले महानगरपालिको सडक बिस्तारका नाममा विना बिकल्प बस्ती भत्काउन पठाएमा आफूहरु प्रतिकारमा निस्कने र त्यसको सम्पूर्ण जिम्मा महानगरपालिकाले लिनुपर्ने बताएका छन् । स्थानीय जनकलाल ऋषिदेवले भने वषौंदेखि बस्दै आए पनि सडक बिस्तार गर्दा लाग्ने जमिन भने हामीहरु दिन तयार छौ ।
तर सडक बिस्तारका नाममा बिना विकल्प बस्ती नै भत्काउने तयारी गरिएपछि हामीहरु आन्दोलनमा उत्रिएका हौ । उनले प्रश्न गरे हाम्रा लागि आएका स्थानीय जनप्रतिनिधीले हाम्रो वास कसरी उजाड बनाउन सक्छन । अर्काे कुनै विकल्प नदिई ३५ दिनको सूचना जारी गरिनु आफूमाथिको अन्याय भएको उनहिरुको गुनासो छ । गत बर्ष डुबानमा परेको सुकुम्बासी बस्तीमा भर्खर मात्रै नयाँ टहरा बनाएर उनीहरु बसेका छन् । ४० घरपरिवारमा रहेका सुकुम्बासी बर्खाको समय आइसकेकाले महानगरपालिकाले भत्काउने सूचना जारी गरेसँगै चिन्तित पनि बनेका छन् ।
यता प्रदेश सांसद केदार कार्कीले भने महानगरपालिका र सम्बन्धीत पक्षसँग कुराकानी गरेर उचित व्यवस्थापनमा जोड दिने बताएका छन । उनले भने सडक विस्तारलाई पनि निरन्तरता दिदै मध्यमार्गी बाटो अपनाउन पहल गर्नेछु । विराटनर १२ का वडाध्यक्ष हीरालाल कामतले व्यवस्थापन गरेर मात्र अगाडि बढ्ने आश्वासन दिएका छन ।
यता महानगरपालिकाका प्रमुख भीम पराजुलीले सडक मापदण्डभित्रका घरटहरा भत्काउने बताउँदै सुकुम्बासी बस्तीको व्यवस्थापनका लागि उचित पहल गर्ने बताए । वषौंदेखि बस्दै आएका सुकुम्बासीलाई महानगरपालिकाले व्यवस्थापन गरेर मात्रै अगाडि बढ्नु उपयुक्त हुने देखिएको उनको भनाइ छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।