डोटी, (नेस)
प्रदेश सातका जिल्लाहरुमा एचआईभीको संक्रमण घट्दै गएको तथ्य फेला परेको छ । राष्ट्रिय एचआईभी/एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुको सहयोगमा नेशनल ईन्सिच्युट फर डेभलपमेन्ट एण्ड रिचर्स प्रा.लि. नामक संस्थाले प्रदेश सातका बिभिन्न चार जिल्लाहरु गरेको एकिकृत जैबिक तथा ब्यबहारिक सर्बेक्षणका क्रममा उक्त तथ्य फेला परेको हो ।
प्रदेश सातका कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्लाहरुमा उक्त सर्बेक्षण गरिएको हो । नेशनल ईन्सिच्युट फर डेभलपमेन्ट एण्ड रिचर्स प्रा.लि. का अध्यक्ष तर्कराज भट्टका अनुसार कामको शिलसिलामा भारत जाने ब्यक्तिका श्रीमतीमा सर्बेक्षण गरिएको हो ।
सर्बेक्षणमा सहभागी कामदारका श्रीमतीहरुमा एचआईभी र यौन रोग भएको नभएको जांच गरिनुका साथै एचआईभी ÷ एड्स र यौनरोगका सम्बन्धमा ज्ञान चेतना कस्तो छ भनेर अध्यायन गरिएको थियो । अध्यक्ष भट्टले भन्नु भयो –‘यस क्षेत्रमा अत्याधिक एचआईभी/एड्स छ भनेर हल्ला गरिए पनि पछिल्लो अवधीमा घट्दै गएको देखिएको छ ।
सर्बेक्षणका क्रममा एचआईभीको जांच गरिनुका साथै यौन ब्यबहार एचआईभी संक्रमणको अवस्थाको बारेमा समेत बिस्तृत रुपमा अध्यायन गरिएको ।’
यस क्षेत्रका बिभिन्न चार जिल्लाहरु मध्ये डोटीमा ८० कैलालीमा १ सय २० कञ्चनपुरमा १ सय ४० र अछाम ६० जना गरी जम्मा चारसय जना कामका लागी भारत जाने कामदारका १६ बर्ष भन्दा माथीका श्रीमतिहरुलाई सर्बेक्षणमा सहभागी गराईएको थियो ।
अध्यायनका क्रममा जांच गरिएका महिलाहरु मध्ये कसैमा पनि एचआईभीको संक्रमण फेला नपरेको बताईएको छ । यौन रोग भने अधिकांशमा देखा परेको थियो । अध्यायनका क्रममा यौन ब्यबहार, कण्डमको प्रयोग, नियमित एचआईभी जांचको लगायतका अवस्थाको अध्यायन भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख भुषण मिश्रका अनुसार जिल्लामा लामो समय देखि एआरभी औषधी सेवन गरिरहेका एचआईभीको संक्रमितहरुको संख्या ठुलो भए पनि नयां एआईभी संक्रमितहरु पत्ता लाग्ने क्रम भने अघिल्ला बर्षहरुको तुलनामा न्यून छ ।
निमित्त प्रमुख मिश्रले भन्नु भयो –‘सरकारी तथा गैरसकारी क्षेत्रवाट संचालन भएका जनचेतना मुलक कृयाकलापहरुका कारण पनि नयां संक्रमण दर कम भएको हो ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।