विजय नेपाली, पोखरा
प्रधानमन्त्री केपी ओली सरकारले चरम मूल्य वृद्धि गरेको भन्दै पोखरामा नेपाल तरुण दलले विरोध गरेको छ । सरकारले मूल्य वृद्धि ,प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप, सरकारको निरंकुश चरित्रविरुद्धमा तरुण दल कास्कीले बिरोध ¥याली गरेको हो ।
नेपाली कांगे्रस पार्टी कार्यालयबाट शुरु भइ महेन्द्रपुल हुँदै बीपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । उक्त विरोधसभाको सम्बोधन गर्दै नेपाल तरुण दल पोखरा लेखनाथ नगर सभापति महेन्द्र पुनले कम्युनिस्टको तानाशाही शासनले गर्दा आम नेपाली जनताले दुख खेप्नुपरेको बताए । जनताले विश्वास गरेर दिएको मतको कदर नभएको भन्दै खबरदारी गरेका थिए ।
सोही क्रममा बोल्दै नेपाल तरुण दल पर्वत जिल्ला सभापति राज मल्लले अधिनायकवादी कम्युनिस्ट शासनले प्रेस स्वतन्त्रता माथि नै हस्तक्षेप गर्दै कानुननै आफ्नो हातमा लिएको बताउँदै विधिको शासनमा गए साथ दिने र जनतालाइ दुःख दिए तरुण दल चुप लागेर नबसी देशभर नै आन्दोलन चर्काउने चेतावनी दिएका छ्न ।
ओली सरकारको दमनकारी नीतिका लागि नेविसंघले गरेको आन्दोलनमा तरुणदलले साथ दिदै लाचार सरकारलाई ढाल्ने तरुण दल क्षेत्र न.२ का क्षेत्रीय सभापति दीपक गुरुङ माइलाले बताए । “उखान टुक्काले मात्र देश चल्दैन जनताको अधिकार जनतालाइ दिनुपर्छ, ज्यादती र महँगीले जनतालाइ दुःख दिन पाइँदैन सरकारले महँगी तत्काल नघटाए आन्दोलन थप चर्काउनेछौं’ –उनले बताए । प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप बन्द गर्दै मूल्य वृद्धि तत्काल घटाउनुपर्ने मागसहित विरोध गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।