काठमाडौं (नेस) ।
बैद्धमा गोली चलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोद्धस्थित जम्बु डाँडा नजिकै गोली चलेको हो। महानगरीय अपराधन अनुसन्धान महाशाखाका अनुसार लुटेर अमर तामाङलाई नियन्त्रण लिन दुई राउन्ड गोली चलाएको जनाएको छ । घटनास्थलबाट प्रहरीले दुई राउण्ड गोली र पेस्तोल बरामद भएको छ।
गत जेठ २४ र २८ गते तामाङले राजधानीका विभिन्न स्थानमा पेस्तोले देखाई लुटेर फरार भएका थिए। ताप्लेजुङ घर भएका २४ वर्षीय विरेन तामाङलाई मुलपानीको जंगलमा बोलाएर हतियार देखाइ १९ लाख ६० हजार रुपैयाँ लुटेको प्रहरीको दावी छ। गत जेठ २८ गते तामाङ समुहले भक्तपुरको सुर्यबिनायक जंगलमा स्याङजाका राज भण्डारीबाट ८ लाख रुपियाँ पनि लुटेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।