काठमाडौं । अन्तर्राष्ट्रिय जगतमा सम्पदाको शहरको रुपल चिनिने नेपालको राजधानी काठमाडौं अब बिस्तारै कहाली लाग्दो प्रदुषणको शहर भनेर चिनिने भएको छ । नेपालभित्र त काठमाडौंको प्रदुषण नभोग्ने मानिस विरलै होलान् । तर, अब अन्तर्राष्ट्रिय रुपमा समेत काठमाडौं उपत्यका प्रदुषित शहरको रुपमा आफ्नो इमेज बिगार्ने भएको छ ।
द गार्जिएन नामक चर्चित अन्तर्राष्ट्रिय समाचार संस्थाले काठमाडौंको प्रदुषण र सडक बिस्तारपछि जनताले भागेको नारकीय जीवनको तस्विरलाई उच्च प्राथमिकताका साथ प्रकाशित गरेको छ । द गार्जिएनका लागि पेटे प्याटिसनले खिचेका तस्विरहरुलाई फोटो कथाको रुपमा उच्च स्थान दिएर प्रकाशित गरिएको हो ।
यससँगै काठमाडौंको पहिचान र इमेज अन्तर्राष्ट्रिय जगतमा खराब हुने देखिएको छ । सरकारले काठमाडौंको वायु प्रदुषण न्यूनिकरणको लागि पटक पटक अनेकन नाराहरु दिएपनि अवस्था झन झन् बिग्रदै गएको छ र परिणाम अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा समेत मुख्य स्टोरीका रुपमा प्रकाशित हुन थालेका छन् ।
एक वर्षअघि स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले एक सय दिनमा काठमाडौं महानगरको प्रदुषण हटाउने घोषणा गरेर निर्वाचनमा बिजयी भएपनि बिजयी भएको एक वर्ष नाघिसक्दा पनि प्रदुषण हटाउने त परको कुरा कमिशनका लागि प्रदृषण बृद्धि गर्ने कार्यमा मेयर शाक्य आफै संलग्न हुँदै आएको आरोप लाग्न थालेको छ । उता, प्रदुषण हटाउने अभियानमा लागेको सुरुवाती मन्त्री लालबाबु पण्डित मन्त्रालय नै सरुवा भएर अन्तै पुगेपछि वायु प्रदुषणको चर्चा नै सेलाउन पुगेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।