बुटवल (नेस)
बुटवल उपमहानगरले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका बुटवलका तीन जना नागरिक अगुवाहरुलाई सम्मान गरिएको छ । टिकाराम घिमिरे, रामप्रसाद न्यौपाने र राधा घिमिरे पौडेललाई नगद जनही ५१ हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
सम्मानित हुने घिमिरे प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुटवलका ज्येष्ठ नागरिक तथा कम्युनिष्ट अगुवा हुनुहुन्छ । यस्तै न्यौपाने पनि प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा पुराना कांग्रेसका नेता हुनुहुन्छ । अर्की अगुवा महिला पौडेल विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय नेतृ हुनुहुन्छ ।
उनी द्वन्द्वपीडित महिला हुन् भने हाल अर्बूद रोगबाट ग्रसित हुनुहुन्छ । ज्येष्ठ नागरिकहरुको योगदानबाटै बुटवलको समृद्धिको अभियान सफल हुने नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।