नेपाल समाचारपत्र, नुवाकोट
जिल्ला ट्राफिक कार्यलय नुवाकोटले चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा १७ हजार ७ सय सवारीसधानलाई कारवाही गरि एककरोड १० लाख २५ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ ।
त्रिदेशिय मार्गको रुपमा रहेको नुवाकोटको विभिन्न रुटमा चल्ने सवारी साधनहरुमध्ये १७ हजार ७ सय कारबाहिमा परेको ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, लाईसेन्स नबोकी सवारी साधन चलाउने, झुन्डिएर यात्रा गराउने, बिना हेल्मेट मोटरसाईकल हाक्ने तथा मदिरा सेवन गरी सवारी साधन चलाउनेहरु कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यलय नुवाकोटका प्रमुख शम्भूबहादुर अधिकारीले बताए । अधिकारीका अनुसार जिल्लाभरका विभिन्न रुटमा चल्ने सवारी साधनहरुलाई ट्राफिक नियम उल्लघंन गरेको आधारमा कारवाही गरिएको हो ।
सवारी साधाबाट उठेको एकलाख २५ हजार ५ सय रुपैयउाँमध्ये सबैभन्दासबैभन्दा बढी फागुन महिनामा उठेको छ । त्यस्तै सबैभन्दा कम जेठ महिनामा उठेको जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । ट्राफिक कार्यलय नुवाकोटका अधिकारीका अनुसार
जिल्लामा अघिल्ला बर्षहरुको तुलनामा चालु आर्थिक बर्षमा केही हदसम्म दुर्घटना न्यूनीकरण भएको छ ।
जिल्ला ट्राफिक प्रहरीले ट्राफिक नियम पालनामा कडाई गर्न, दुर्घटनाको न्यूनिकरण र यात्रुको सहज यात्राको लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले गत आर्थिक वर्ष ९५ लाख ५३ हजार ५ सय रुपैया राजश्ब संकलन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको ११ महिनासम्ममा मात्रै १४ लाख ७२ हजार रुपैया राजश्ब बृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटले जानकारी दिएको छ ।
ट्राफिक प्रहरीले यात्रुहरुको सहज यात्राको लागि अहोरात्र खटिरहेको बताएपनि यात्रुहरुले भने जिल्लाका बजार क्षेत्रमा रहेको सवारीसाधनले मनलाग्दो भाडा असुली गरेको र तिव् गतिमा सवारी चलाएपनि जिल्ला ट्राफिक प्रहरी मौन बस्ने गरेको आरोप लगाउने गरेका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।