विनोदसिंह विष्ट, बैतडी
केही बर्ष अघिसम्म स्याउका लागी प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जैतुनखेतीको विस्तार गरिने भएको छ । सतबाँझमा गएको १२ बर्ष यतादेखि स्याउ फल्न छोडेको छ । स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो ।
वि सं २०१९ सालमा स्थापना भएको वागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ ।सुख्खा फलफूल विकास केन्द्रले जिल्लामा जैतुन खेतीको विस्तार गर्ने तयारी गरेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख लक्ष्मीदत्त पाण्डेयले बताउनुभयो ।
जैतुन तेल उत्पादनका लागि निकै प्रसिद्ध वनस्पती हो उहाँले भन्नुभयोे“ जैतुनको तेल बहुऔषधिको रुपमा समेत प्रयोग गरिन्छ”
किसानहरुलाई जैतुन खेतीमा आकर्षण गराउनका लागि सुख्खा फलफूल विकास केन्द्रले एकसय ओटा जैतुनका माउ बोट आफ्नो नर्सरी लगाएको प्राविधिक अर्जुन खड्काले जानकारी दिनुभयो । ५ हजार जति विरुवा कलमीका लागि नर्सरीमा राखिएको छ उहाँले भन्नुभयो“ एक बर्षभित्रै किसानहरुलाई ५ हजार जैतुनका विरुवा वितरण गरिने तयारी भएको छ” जैतुनबाट कोलेस्ट्रोल नभएको तेल उत्पादन भएकाले यो औषधिका लागि उपयुक्त भएको उहाँको भनाई रहेको छ ।
६ केजी जैतुनबाट १ केजी तेल उत्पादन गर्न सकिने भएकाले यसको खेती विस्तार भएमा किसानहरुको जिविकोपार्जनमा समेत सुधार हुने अपेक्षा गरिएको छ । यसका साथै सुख्खा फलफूल विकास केन्द्रले काजुखेती, कागजी बदाम लगायत किसानहरुलाई बढी आम्दानी दिने खालका फलफूलका विरुवाहरु नर्सरीमा राखेको प्रमुख पाण्डेयले बताउनुभयो । सतबाँझमा स्याउ फल्न छाडेपछि जैतुन, कागजी बदाम, काजुलगायत फलफूलका बिरुवा उत्पादन गर्न थालिएको छ। किसानलाई ८० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्ने गरिएको छ।
तत्कालीन राजा महेन्द्रले स्याउ फलाउन रोजेको बैतडीको सतबाझ स्याउ नर्सरीमा जैतुनखेती विस्तार गरिन लागिएको छ । सुरुमा सतबाँझ स्याउ नर्सरी राखिएको त्यस ठाउँको नाम स्याउ फल्न छाडेपछि सुक्खा फलफूल विकास केन्द्र राखिएको थियो।
वि.सं.२०१९ मा सतबाँझको ५७५ रोपनी क्षेत्रफलमा स्याउ उत्पादन तथा प्रबर्धनका लागि स्थापना भएको ’ सुक्खा फलफूल केन्द्र’मा पछिल्लो समय स्याउका जातहरू लोप भएका हुन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।