पोखरा, (नेस)
लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बि १ नेपाल डिष्ट्रिक्ट गर्भनर्स एड्भाईजरी कमिटी प्रि जोन मिटिङ शुक्रवार सम्पन्न भएको छ ।
लायन बर्ष २०१८÷१९ का लागि निर्वाचित जोन अन्र्तगत क्लबका अध्यक्ष र पदाधिकारीहरु बिच परिचयका साथै जुलाई १ देखि शुरु हुने कार्यकालमा क्लबले सम्पादन गर्ने बार्षिक कार्यक्रम अध्यक्षहरुले प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा जोन अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ पोखरा फिस्टेल, पोखरा पिस सिटी, पोखरा सेन्ट्रल गार्डेन र पोखरा पिस सम्पदाका अध्यक्ष तथा पदाधिकारीहरु र डिष्ट्रिक्टका सिनियर लिडरहरुको सहभागीता रहेको थियो ।.
जोन चेयरपर्सन टंकराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका चिफ एडभाइजर ध्रर्व श्रेष्ठ, डिपार्टमेन्ट चिफ तिर्थलाल श्रेष्ट, सिनियर एड्भाईजर गोकर्ण कार्की, एड्भाईजर सुदिपराज ढुंगाना, जिएलटी कोअर्डिनेटर पृथ्वीराज तिमिल्सेना, रिजन चियरपर्सन खुवबहादुर बराल, को–जोन चेयरपर्सन प्रमोद पौडेल लगाएतले लायन्स इन्टरनेसनल डिष्ट्रिकले गर्ने कार्यक्रमका बारेमा चर्चा गर्दै आवश्यक सुझाव दिएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।