नेपाल समाचारपत्र, हेटौंडा
युवाको नेतृत्व तथा क्षमता विकासमा सहयोग गर्ने र युवाको सीपविकास तथा व्यक्तित्व विकास मा सहयोग पु¥याउने उद्धेश्यले युवाको नमूना संसद् गठनका लागि प्रयास थालिएको छ ।
राष्ट्रिय युवा परिषद्को नमूना युवा संसद् स्थापना र अभ्यास कार्यक्रमअन्तर्गत् जिल्ला युवा समितिको कार्यालय, मकवानपुरद्वारा मनहरी गाउँपालिकाको सहकार्यमा मनहरी गाउँपालिकाका प्रत्येक वडामा स्थापित युवा क्लबका पदाधिकारीका लागि अभिमुखीकरण कार्यक्रम भएको हो ।
मनहरी गाउँपालिकामा मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेती, पूर्वसांसद् राजाराम स्यांतान, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना र अभिमुखीकरण प्रशिक्षक हेटौंडा जेसिज पूर्वअध्यक्ष अरुणकुमार दाहालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपालको शासन प्रणाली र यसको विकास प्रक्रियाबारे युवालाई सुसूचित गर्ने, युवामैत्री राष्ट्रिय नीति योजना र कार्यक्रम निर्माणका लागि राज्यलाई सुझाव दिएर सकारात्मक वातावरण निर्माण गर्ने, युवालाई विषयगत दक्षता हासिल गरी सो क्षेत्रको नेतृत्व र पैरवी गर्न सक्षम बनाउने, प्राथमिकताप्राप्त युवालाई राज्यको मूल प्रवाहमा ल्याउने र राज्यका तल्लो तह गाउँ तथा नगरलाई युवामैत्री बनाउने तथा दीगो विकासका लक्ष्यहरुलाई आआफ्नो परिवेशमा स्थानीयकरण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्ने उद्धेश्य लिइएको छ ।
युवालाई अधिकार र कर्तव्यप्रति सजग गराउँदै राष्ट्रनिर्माणमा उत्प्रेरित गर्ने तथा राष्ट्रिय युवा नीति तथा युथ भिजनमा परिलक्षित योजना र कार्यक्रमलाई साकार बनाएर नेपाली युवाको सर्वतोमुखी विकासमा सहयोग पु¥याउने लक्ष्य पनि छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।