पर्वत, (नेस)
पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा करेण्ट लागेर एक बृद्धको मृत्यु भएको छ ।
मोदी–२ देउपुरस्थित सिमखेतका ७५ वर्षिय ऋषिराम शर्माको शनिबार विहान करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । तरकारीका लागि थाक्रो काट्न गएका वृद्धलाई विद्युत्को थ्रीफेज लाईनमार्फत रुखमा विद्युत प्रवाह भएकाले करेन्ट लागेको प्रहरीले जनाएको छ । विद्युत्को तारलाई छोएको रुखमा चढेर हाँगा काट्दा करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
मृतक बृद्धको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको मोदी–२ का वडा अध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।