रामधन राई/खोटाङ ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित गरिएको छ । आईतबार सम्पन्न दोश्रो नगरसभामार्फत आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित ६८ करोड ६० लाख ९६ हजार रुपैंयाँ बजेटको नीति तथा कार्यक्रम पारित गरिएको हो ।
दिक्तेलबजारका स्थानीय समीक्षालय हलमा सम्पन्न नगरसभामा नगरपालिकाको उपप्रमुख बिणादेबी राईले सङ्घीय सशर्त कार्यक्रमतर्फ ३२ करोड ९ लाख, प्रादेशिक सशर्त कार्यक्रमतर्फ २ करोड, चालु खर्चतर्फ ७ करोड ४७ लाख २५ हजार ८ सय ९२ रुपैंयाँको बजेट प्रस्तुत गर्नुभयो । यस्तै, बिशेष कोषतर्फ १ करोड ७४ लाख ७४ हजार १ सय ९, समपुरक कोषतर्फ २ करोड रुपैंयाँ विनियोजन गरेको बार्षिक बजेट प्रस्तुत छ ।
उपप्रमुख राईले विषयगततर्फ पुर्वाधार विकास क्षेत्रमा ७ करोड ८५ लाख ५१ हजार १ सय ५५, सामाजिक बिकासतर्फ सामाजिक सुरक्षा भत्ता ९ करोड ५० लाख सहित १३ करोड ४ लाख ५२ हजार, आर्थिक विकास क्षेत्रका लागि २ करोड १० लाख ५१ हजार ४ सय ७५ रुपैंयाँ बिनियोजन भएको जनाउनुभयो ।
नगरपालिकाले बन, वाताबरण तथा सरसफाईतर्फका आयोजना तथा कार्यक्रमका लागि ७२ लाख ५१ हजार १ सय ५५ र संस्थागत बिकास, सेवा प्रवाह तथा सुशासनका कार्यक्रमका लागि ४१ लाख ८९ हजार ७ सय २५ रुपैयाँ विनियोजना गरिएको जनाएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आन्तरिक आयतर्फ ४५ लाख, संघीय सरकार राजस्व बाँडफाँडतर्फबाट अनुमानित १० करोड ३ लाख २४ हजार, वित्तीय समानिकरण अनुदान १४ करोड ९ लाख र सशर्त अनुदानतर्फ ४१ करोड ५९ लाख आय हुने प्रक्षेपण गरेको छ । यस्तै, प्रादेसिक सरकार राजस्व बाँडफाँडतर्फ अनुमानित ५ लाख, वित्तीय समानीकरण अनुदान ३९ लाख ७२ हजार र सशर्त अनुदानतर्फ २ करोड ४४ लाख ७२ हजार आय हुने नगरपालिकाले अनुमान गरेको छ ।
विभिन्न बर्ग, लिंग, सम्प्रदाय, क्षेत्र र जातजातीको समावेसी र समन्यायिक बिकास गर्ने, स्थानीय अर्थतन्त्रमा उच्च आर्थिक वृद्धि हासिल गर्ने, नगरको सेवामा आम नागरिकको पहुँच वृद्धि गर्ने लक्ष्यका साथ वार्षिक बजेट तथा कार्यक्रम ल्याइएको मेयर दिपनारायण रिजालले उल्लेख गर्नुभयो ।
नगरपालिकाले “समाजवाद उन्मुख, सभ्य र समृद्घ नगरः दिक्तेल रुपाकोट मझुवागढी नगरबासीको रहर” भन्ने मूल मान्यतालाई अघि सारेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।