भद्रपुर (ने.स)
झापामा माध्यामिक शिक्षा परिक्षा (एसईई)को परिक्षाफलको विषयमा हालसम्म कुनै तथ्याङ्क आएको छैन । परिक्षा नियन्त्रण केन्द्रीय कार्यालयले शनिबार वेलुका नतिजा सार्वजानिक गरेपनि झापाको अवस्थाको बारेमा कुनै आधिकारिक विवरण नआएको शिक्षा समन्वय शाखा झापाले जनाएको छ ।
नतीजाको बारेमा कार्यलय पुगेका समाचारकर्मीलाई शिक्षा समन्वय प्रमुख योगेन्द्र प्रसाद बरालले झापाको अवस्थाका बारेमा कुनै तथ्याङ्क विभागबाट नआएको जनाए । परिक्षार्थीले आफ्नो बारेमा नतिजा जानकारी पाएपनि जिल्लाको अवस्थाका बारेमा हालसम्म केही पत्ता नलागेको उनको भनाइ छ ।
उनले झापाको बारेमा विभागका कर्मचारीसँग जानकारी लिदाँ अहिले कुनै पनि वेभसाइटमा नराखेको जनाउदै पुरा तथ्याङ्कको लागि एकहप्ता समय लाग्ने जानकारी दिएको उनले बताए । ‘विभागले त यसो भनि रहेको छ भने म त जिल्लाको के गर्नु उपाय कुनै छैन उनले भने । ’मैले तपाइलाई अहिले केही पनि दिन सकिन उनको भनाइ थियो ।’झापामा मात्र नभएर कुनै पनि जिल्लामा विवरण नआएको उनले दाबी गरे ।
जिल्लामा नियमित तर्फ १४ हजार ९४ जना,एक्जाम्टेडमा ४ सय ८५ जना र ग्रेड वृद्धितर्फ एक हजार ४३ परक्षिार्थी गरी १५ हजार ६ सय २२ जना सहभागी भएको कार्यालयले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।