काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुङ्गानाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार आरोपी ढुंगानाले श्रम इजाजत दिने विषयमा प्रकाशित भएको सूचना अपूरो रहेको भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस मागेको अभियोगमा कार्यालय परिसरबाटै केही दिन पहिले पक्राउ गरिएको थियो । आयोगले जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।
यस्तै, आयोगले आजै प्रहरी नायब निरीक्षक पदमा कार्यरत धीरेन्द्रकुमार श्रेष्ठले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।