काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले आफ्नो पहिलो विदेश यात्रा सकेर नेपाल फर्केका छन् ।
अशोक दर्जी पछिल्लो समय गीत गाएरै सामाजिक सञ्जालमा भाईरल बनेका बालक हुन् । ‘धन विनाको मन ठूलोकी मन विनाको धन’ गीत गाएर झनै भाइरल बनेका अशोक दर्जी सांगीतिक प्रस्तुतिका लागि दुबई पुगेर भर्खरै फर्केका छन् । उनले दुबईमा ‘मन बिनाको धन’ संगै अरु गीत पनि गाएका थिए ।
क्षमताको कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन् । भाइरल ब्बई अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेका थिए ।
आक्रामकरुपमा भ्यूज बटुलिरहेको गीतमा लाइक र कमेन्टको बाढी नै आएको छ । गीतमा आएका प्रतिक्रियाहरुबाट दंग छन् संगीतकार टंक बुढाथोकी । उनीहरु अशोकको घर निर्माणको लागि दुबई पुगेका थिए ।
[youtube https://www.youtube.com/watch?v=2J7t8rCXe-Y]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।