२५ साउन , नवलपरासी । भोजपूरी संचार मंच नवलपरासीको भोजपुरी भाषाको प्रर्वधन, उत्थान र ससक्ती करण भोजपुरी कला सस्कृतिको जर्गेना गर्ने उद्देश्य र भोजपुरी भाषको विकास र खोज अनुसन्धानको लागी स्थानिय सभाको सभाबाट आवश्यक बजेट व्यवस्थापन सहयोग र समन्वयको माग गर्दै आज भोजपुरी सञ्चार मञ्च नवलपरासीले ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र प्रतापूर गाउपालिका र सुस्ता गाउपालिकामा बुझाएको हो । प्रतापूर गाउपालिकाको अध्यक्ष राजकुमार शार्मा र सुस्ता गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डे लाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझदै गाउपालिका अध्यक्ष हरु ले भोजपुरी भाषाको प्रर्वधन, उत्थान र ससक्ती करण भोजपुरी कला सस्कृतिको जर्गेना गर्न र भोजपुरी भाषको विकास का लागि आफु गम्भिर भएर लाग्ने , र सदैब सहकार्य गर्ने बताउनु भयो । साथै भोजपूरी समुदायको बाहुल्यता रहेको क्षेत्र र सुस्ता वासीको समस्या र चुनैतिलाईb मिडियाको तर्फबाट समाज परिवर्तन तिर लग्दै गाउपालिकाको समन्वय बाट सबैले सहकार्य गरि समाजलाई परिवर्तन गर्नै तिर लाग्ने प्रतिबद्धता जाहेरी गर्नु यो । यो संगै नवलपरासीमा रहेका अन्य नगरपालिका र गाउपालिकामा पनि ज्ञापन पत्र बुझउने कार्यक्रम रहेको भोजपुरी सञ्चार मञ्च नवलपरासी का अध्यक्ष उमेश वि.क बताउनु भयो ।