समाचारदाता,
२६ साउन दाङ । नेपाली कांग्रेस दाङकी सांसद अनिता देवकोटाले भू उपयोग नीति तत्काल लागू गर्न सरकारसँग माग गर्नुभएको छ । व्यवस्थापिका संसदको आजको वैठकको सून्य समयमा देवकोटाले व्यक्तिले आफू खुसी प्लटिङ गर्दा खेती योग्य जमिन मासिने खतरा बढेको तर्फ पनि सचेत गराउनुभयो । उहाँले त्यसकालागि सुरक्षीत वस्ती विकास र आधारभूत आवश्यकता पुरा गर्नकालागि खेति योग्य र वस्ती विकासकालागि जमिन छुट्याउन पनि माग गर्नुभयो । यसैगरी नेकपा एमाले दाङकी सांसद अनारकली मियाँले लमही, घोराही तुलसीपुर सडकखण्डमा पर्ने खोलाका पुल समयमै निर्माण नगर्ने निकायमाथि कारबाहीको माग गर्नु भएको छ । ती सडक खण्डका ववई, ग्वार, पत्रे,गुर्जेखोलामा पुल नहुँदा जनताले वर्षातको समयमा सास्ती व्यहोर्नु परेको तर्फ पनि ध्यानकर्षण गराउनुभयो । उहाँले समयमै काम नसक्ने ठेकेदार, र तदारुकता देखाउन नसकेको सडक विभागलाई कारबाही गर्न पनि माग गर्नुभयो । त्यसैगरी राप्ती नदिले लमही नगरपालिका वडा नम्बर ४ कुटेवा गाउँमा धान, मकैवालीमा धेरै नोक्सान पु¥याएको र २६ घर परिवार विस्थापित भएको भन्दै समयमै राहतकालागि पहल गर्न माग गर्नुभयो ।