रमेश भुसाल
श्रवण २६। सुनवल, नवलपरासी । सामुदायिक वन उपभोत्ता महासंघ नेपाल नगर महासंघ सुनवलको अयोजनामा वुधवार सामुदायिक वन दिवस २०७४ सहिद विष्णु प्रसाद पाण्डे स्मृती प्रतिष्ठानको सभाहलमा एक कार्यक्रमका विच मनाइएको छ । नगर महासंघ सुनवलका अध्यक्ष दिलिप चापागाईको अध्यक्षता एवं सामुदायिक वन उपभोत्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपरासीका सचिव ज्ञान प्रसाद डुम्रेको प्रमुख अतिथ्यता तथा सुनवल नगरपालिकाका उपप्रमुख ददिराम अर्यालको विशिष्ट आतिथ्यता रहको कार्यक्रममा सामुदायिक वन उपभोत्ता महासंघ नवलपरासीका कोषाध्यक्ष केश कुमारी न्यौपाने , नगर महासंघका महासचिव टिचन गुरुङ, इलाका महासंघका सचिव मुरली गौतम, जनउदय सामुदायिक वनका अध्यक्ष कर्ण वहादुर शेन, विसासय सामुदायिक वन का कोषाध्यक्ष रुमकला पाण्डे,ज्यामिरे सामुदायिक वनका उदय गुरुङ, कोटइदेवि सामुदायिक वनका इश्वरी आर्चाय लागएतले मनतब्य राख्नुभएको थियो । कार्यक्रममा सुनवल नगरपालिका अन्तरर्गतका १५ वटा सामुदायिक वनहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुनवलका सामुदायिक वन उपभोत्ता समुहका सवालमा वृहत अन्तरकृयात्मक छलफल भएको थियो । साथ साथै सहिद प्रतिष्ठानको परिसरमा वृक्षारोपण पनि गरिएको थियो । सोहि अवसरमा सुनवल नगरपालिकामा नवनिर्वाचित उपप्रमुख साथै विगत देखि सामुदायिक वनको विभिन्न जिम्मेवारीमा रहि हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा समेत विभिन्न पदमा निर्वार्चित जनप्रतिनिधिहरुलाई स्वागत एवं सम्मान गरिएको थियो ।