हिन्दु धर्ममा वेद,पुराण र ग्रन्थहरुको महत्व बताइएको छ। यी ग्रन्थहरुले हामीलाई सहि मार्गप्रदर्शन गर्छन। यी शास्त्रहरुमा दिनदिनै बिहानीपख सुर्यलाइ जल चढाउनुपर्ने उल्लेख गरिएको छ।
सुर्य सबै ग्रहका स्वामी हुन्छन र सुर्यलाइ नियमित जल चढाउदा उनि प्रसन्न हुन्छन र उनको कृपा पाइदा जीवनमा सुखशान्ति प्राप्त हुन्छ। यसका अतिरिक्त्त सूर्यलाई जल चढाउदा शरीर रोगहरुबाट मुक्त हुन्छ।
शास्त्रको अनुसरण गरेर सूर्यलाई जल चढाउनु उचित छ अनि यसको वैज्ञानिक कारण पनि छ। वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सुर्य एक तारा हो। यो आगोको एक गोलो हो। सुर्यको प्रकाश धर्तीमा परेपछि दिनको शुरुवात हुन्छ।
मनुष्यलगायत सबै जिवजन्तु र बिरुवालाइ जीवित रहनका लागि सुर्य आवश्यक हुन्छ। उर्जाको महत्वपुर्ण स्रोत हो। सुर्यको उर्जा नहुने हो भने बोटबिरुवाले भोजन नै पाउदैनन।
बिहानै उठेर ताजा हावा खाँदै उदाइरहेको सुर्यको किरण शरीरमा पार्दा हाम्रो छाला चम्किन्छ र अनुहार तेजिलो हुन्छ। यसका अतिरिक्त सूर्यलाई जल चढाउदा पानीको धाराको बिचमा सुर्यको किरण पर्दा जुन रंग निस्कन्छ, त्यसले शरीरलाइ धेरै लाभ दिन्छ।
सुर्यको किरण शरीरमा पर्दा अनेकौ हानिकारक तत्व नष्ट गरिदिन्छ र नकारात्मक उर्जालाई भगाउँछ। त्यसैले बिहानै उठेर सूर्यलाई जल चढाउदा शरीरका लागि लाभकारी हुन्छ अनि ज्योतिषको दृष्टिबाट पनि सुर्यको कृपा प्राप्त हुन्छ। यसले जीवनलाइ सुख र शान्ति दिन्छ।
ऋषिकेश पोख्रेल
आध्यात्मिक