गर्मीमा आइसक्रिमको शितलता र स्वाद मन नपर्ने कमै हुन्छन। बजारमा विभिन्न फ्लेवरका आइसक्रिम पाइन्छन। तर, धेरैलाइ लाग्छ, घरमा त आइसक्रिम बनाउने सकिदैन। तर, यो सोच गलत हो। आफुलाई मन पर्ने स्वादको आइसक्रिम घरमै सजिलोसँग बनाएर खान सकिन्छ। तर, एउटा सर्त अनिवार्य छ, आइसक्रिम बनाउन फ्रिज त चाहिन्छ नै।
आवश्यक सामाग्री:
- दुध – १०० मिलिलिटर (क्यानको मात्र)
- क्रिम – ५० मिलिलिटर
- आफुलाइ मन पर्ने फलफुल ५० ग्राम (केरा, आँप, चकलेट, स्ट्रबेरी, वेनिलसलगायत)
बनाउने तरिका:
फलफुल राम्रोसँग सफा गरेर मिक्सरमा राखेर पिस्ने। तर, चकलेट, स्ट्रबेरी, वेनिलस लगायत राखेर बनाउने हो भने पिस्नु पर्दैन। यो सामाग्री तयार पारिसकेपछि क्रिमलाइ एउटा बौलमा राख्ने। बिर्को भएको बौल भए अझ राम्रो हुन्छ। नभए प्लेट या केहिले ढाकेर फ्रिजमा राख्ने। ५-६ घण्टा फ्रिजमा राखे पछि आइसक्रिम तयार हुन्छ।
प्लस टिप्स:
आइसक्रिममा प्रयोग गर्ने क्रिम र क्यानको दुध डेरीमा किन्न पाइन्छ। क्यानको दुध त घरमै पनि बनाउन सकिन्छ, तर केहि झन्झटिलो भने हुन्छ। खुला दुध पातलो हुने भएकाले आइसक्रिम आइसक्रिम बनाउदा क्यान कै दुध चाहिन्छ। फलफुल प्रयोग नगरी रेडिमेड फ्लेबर प्रयोग गर्ने भए पनि बजारमै पाइन्छ। घरमा तयार पारेको आइसक्रिम कोनमै खाने हो भने यो पनि बजारबाटै खरिद गर्नुपर्छ। तर, घरमै कपमा राखेर खान पनि सकिने भएकाले कोनकै आवश्यकता पर्दैन।
दुर्गा प्र. भण्डारी
कुक
डारसिस इन्टरनेशनल होटेल