हरकसिंह धामी, कञ्चनपुर ।
कञ्चनपुर जिल्लामा कमलरी मुत्त दिवसको दिन सोख सभा मनाईएको छ । नेपाल सरकारले २०७० साल असार १३ गतेका दिन कमलरी मुत्त घोषणा गरेको थियो । तर पनि घाषणमा मात्र सिमित भएको भन्दै मुत्त कमलरी बिकास मन्चले कमलरी मुत्त दिवसको दिन सोख सभाको आयोजना गरेको हो ।
नेपाल सरकार र संयुत संघर्ष समिति बीच २०७० जेष्ठ २४ गतेका दिन १० बुदे सहमति भएता पनि अझै सम्म कार्यान्वयन नभएको मुत्त कमलरी बिकास मन्च कञ्चनपुरकी सह सयोजक शान्ति चौधारीले बताउनुभयो ।
मालीकले कमलरी राखेका बेलामा बिभिन्न समयमा ६ जनाको हत्या भएको र उनिहरुको सम्झनामा कमलरी मुत्त दिवसको दिन पनि सोख सभा मनाउन दुर्भाय भएको सह सयोजक चौधारीले बताईन् ।
हाल सम्म मालीकबाट हत्या हुनेमा अस्मीता थारु, सृर्जना चौधारी, सरिता चौधारी, उर्मीला राना थारु, मेघि चौधारी र सिमा होजामगर रहेकी छन् । त्यसै गरी मालीकबाट बेपता हुनेमा आसरानी थारु, तुलारानी थारु, सुर्या चौधारी, आशा चौधारी, सर्मिला चौधारी र सिता चौधारीको मालीकहरुले बेपत्ता गरेको थियो ।
हाल कञ्चापुरमा ७ जना, कैलालीमा २८ जना, बांकेमा ५ जना, दाङमा २१ जना र सबै भन्दा बदि बर्दियामा ३६ जना कमलरी रहेका छन् । ५ वटा जिल्लामा ९ हजार ४ सय ७५ जना स्वीकृत भएका मध्ये ६ सय ८१ जनाले मात्र परीचय पत्र प्राप्त गरेको मुत्त कमलरी बिकास मञ्चको केन्द्रिय कार्यलय दाङले जनाएको छ । बिगतमा भएको सहमति अनुसार सरकारले आँफुहरुका माग सम्बोदन नगरेमा थप आन्दोलन गर्ने जानकारी दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।