पुष्कर बुढाथोकी, भक्तपुर
तपाईलाई लाग्न सक्छ, फिल्मी शैलीमा कुनै ब्यक्तीको लुटिएको रकम फिर्ता भयो भन्दा । तर भक्तपुरमा त्यस्तै घटना भएको छ । एक ब्यक्ती लुटिएपछि अर्का एक ब्यक्तिले फिल्मी शैलीमा लुटीएको रकम लुटेराबाट खोस्न सफल भएका हुन ।
बसमा पाकेटरमारालाई समातेर लिएको पर्स सहितको रकम पत्रकार संजिव दाहालले फिर्ता गरेका छन् । दाहालले ठिमी शंखधर चोकमा पत्रकार सम्मेलन आयोजना गरी सिन्धुपाल्चोक २ बाह्रबिसेका जितबहादुर बस्नेतलाई पाकेटमारासंग पत्रकार दाहालले खोसेका नगद रु. २८ हजार १३० र बिभिन्न दुईवटा बैंकका १२ लाख ८७ हजारको चेक, एटिएम तथा पर्स फिर्ता गर्नुभएको छ ।
हिजो साँझ मध्य उपत्यका बस व्याबसायी संघद्धारा संचालित बसमा मध्यपुरमा थिमिमा प्याकटेरमाराले बस्नेतको पाईन्टबाट प्याकेट मारेर फरार हुने क्रममा पत्रकार दाहालले पाकेटमारासंग झगडा गर्ने क्रममा पाकेट मारेको पर्स फ्याकेर फरार भएको दाहालले जानकारी दिनुभयो । रकम बुझ्दै बस्नेतले माकेटमारे पछि आफू तनाबमा भएको बेलामा दाहालले फोन गरेर रकम फिर्ता गर्ने जानकारी गराएको बताउँदै अब ईमान्दार मानिसको परिचय दिएको बताउनुभयो ।
प्याकटेरमाराले बस्नेतको पाईन्टबाट पाकेट मारेर फरार हुने क्रममा पत्रकार दाहालले पाकेटमाराबाट थुतेर सो पर्स हात पार्नुभयो । उहाँले पाकेटमारासँग झगडा नै गरेर सो पर्स हात पारेपछि लुटेराले आक्रमणको प्रयास गरेका थिए । तर पत्रकार दाहालले उल्टै लुटेरालाई फिल्मी शैलीमा समाप्त खोज्ने क्रममा गाडी चलिरहँदा गाडीबाटै भागेको प्रत्यक्षदर्शीले बताए ।
गाडीमा रहेका तीन जना पाकेटमारामध्ये अगाडि बस्नेले पर्स लुटेको र पछाडि बस्नेलाई पास गर्दै गर्दा पत्रकार दाहालले सो दृश्य देखेपछि लुटेराबाट पर्स थुत्न सफल भएको बताउनुभयो । पाकेट मारेको पर्स फ्याकेर फरार पाकेटमाराले रातो टिर्सट लगाएको र उनी राँधेराधेबाट फरार भएको दाहालले जानकारी दिनुभयो ।
२८ हजार नगदसहित १२ लाख ८७ पाकेट मारेको रकम फिर्ता
दाहालले सिन्धुपाल्चोक २ बाह्रबिसेका बस्नेतलाई पाकेटमाराबाट फीर्ता लिइएको नगद रु. २८ हजार १३० र बिभिन्न दुईवटा बैंकका १२ लाख ८७ हजारको चेक, एटिएम तथा पर्स फिर्ता गर्नुभएको छ । ५२ वर्षे बस्नेत सजना ईन्टरप्राइजेजका संचालक समेत हुनुहुन्छ । बस्नेतले सार्वजनीक स्थलमै लुटेराबाट फीर्ता गरिएको नगद र पर्ससहित फिर्ता गरिएपछि निज दाहाललाई पाँच हजार बक्सिस स्वरुप पुरस्कार प्रदान गर्नुभयो ।
सोही अवसमा महाननगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी हिमालय कुमार श्रेष्ठले दाहाललाई एक इमानदार नागरिकको कर्तब्य निर्वाह गरेकोमा धन्यवाद दिदै चोरी डकैटी र लुटपाटबाट बच्न सबै नागरिक सचेत हुनुपर्ने र सबैले आआफनो ठाउँबाट कर्तब्य निर्वाह गरेर यस्ता घटना घट्दै जाने बताउनुभयो ।
पछिल्लो समय सार्वजनीक यातायातमा लुटेराको बिगबिगी चलिहरेको छ । बसमा खाँदाखाँद गरेर यात्री राख्नाले यात्रुहरु बसमै लुटिदै आएका छन् । विशेष गरि बिहान र बेलुकीको समयमा यात्रीहरु बढी पीडित हुने गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।