नेपाल समाचारपत्र, नुवाकोट ।
नुवाकोटमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ ।
विहान ९ बजेर ४२ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५ म्यानिच्युटको भुकम्पले नुवाकोटमा पनि ठुल्लो धक्का महसुस गरिएको छ । रााष्ट्रिय भुकम्प मापन केन्दले दिएको जानकारी अनुसार सो धक्काको केन्द्रविन्दु धादिङमा रहेको थियो ।
यसअघि आज विहान ४ बजेपछिको समयमा पनि नुवाकोटमा भुकम्पको ठुलो धक्का महसुस गरिएको थियो ।
भुकम्पको ठुलो धक्का महसुस गरेपछि नुवाकोटबासी केही त्रसित समेत भएको थिए । विशेष गरि भुकम्पले बालबालिका र वृद्धवृद्धामा भय पैदा भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।