तराई क्षेत्रमा डुबान सम्भाबित एरियाले यि कुराहरू गरी हाल्नुस :
१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ।
२. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ ।
३. एउटा टर्च राखिराख्नोस । रात परेपछि काम लाग्छ ।
४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस ।
५. बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस । ६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस ।
७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस ।
८. बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयार रहनुस । हामी हाम्रोलागी तयार बसौ । साथै सक्दो सेयर पनि गर्नुहोला ।