टंक सुनार
रुपन्देही ,साउन २८ । रुपन्देहीको देवदहमा पहिलो मिस देवदह प्रतियोगिता सम्पन्न भएको छ । बर्बरी फेसन हाउसको आयोजना र डल्फिन एजुकेशन प्रमुख प्रयोजक रहेको प्रतियोगितामा देवदहका १९ जना किशोरीहरुको सहभागिता रहेको थियो । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा प्रथम मिस देवदहको ताज पल्लभी गुरुङ्गले पहिरीन सफल भएकी छन ।
उनले १८ जना प्रतिस्पर्धिलाई पछि पार्दै पहिलो मिस देवदह बन्न सफल भएकी हुन । प्रतियोगितामा दिपा पुन फस्ट रनरप र सेकेण्ड रनरप सुस्मीता ढकाल भएका छन । प्रतियोगितामा भ्युअर च्वइस अर्वाड निशा सुनारको पोल्टामा परेको छ । झण्डै एक महिना अघि देखि सञ्चालनका क्रममा प्रतियोगिले गरेका ब्यवहार, उसको अन्तरनिहित क्षमता, प्रस्तुतीकरण र पहिरन प्रतिको चासोलाई प्रमुख रुपमा हेरीएको आयोजक रेशम न्यौपानेले जानकारी दिनु भयो ।