काठमाडौं,नेस ।
सरकारको खुला दिसामुक्त अभियानलाई कार्यान्वयन पक्षमा सहयोग पु¥याउनको लागि फ्रस्ट एन्ड सुलिवान र नेप्लिज युथ एन्टप्रेनियर्स फोरम (एनवाइइएफ)ले ‘केस च्यालेन्ज’ को घोषणा गरेको छ ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘केस च्यालेन्ज’ अभियान मार्फत खुला रुपमा हुने शौचालयलाई निर्मूल गर्ने अनि स्वच्छता सुधारको कामलाई नेपालभर अघि बढाइने आयोजक एनवाइइएफले जानकारी दिएको छ ।
वर्तमान पहलहरूको तुलनामा खुला शौचालयमा तीव्र कमी ल्याउन, नेपालको एसडीजीमा (क्म्न्क) नागरिक सहभागिता बढाउन, मानिसहरु फेरि खुला शौचमा नफर्किउन भन्ने लक्ष्यका साथ अभियान आयोजना गरिएको आयोजकको भनाई रहको छ । ‘केस च्यालेन्ज’ ले युवाहरुलाई खुला शौचको चुनौती हल गर्नका लागि डिजिटल समाधानहरुमा विचार विमर्श गर्न गर्नेछ ।
यसका लागि युवालाई शिक्षित र प्रेरित गर्नु यस कार्यक्रमको लक्ष्य रहेको एनवाइइएफले बताएको छ । प्रभावकारी माध्यमबाट खुला शौचालयको चुनौतीलाई हल गर्नका लागि सबै सचेत बन्नुपर्ने र त्यसका लागि डिजिटल प्रविधिबाट लाभ लिन सक्नुपर्नेछ ।
नेप्लिज युथ एन्टप्रेनियर्स फोरम नेपालमा युवा उध्यमीहरुको शीर्ष निकायले नेपाली युवाहरूको बीच विचार आदान प्रदान, सङ्गठन, शिक्षा, प्रशिक्षण र पैरविको माध्यमबाट उत्कृष्ट उद्यमीहरू सिर्जना गर्ने उद्देश्य राखेको छ । केस च्यालेन्जका लागि सहभागीहरुको नामावली आगामी जुलाई १८ सम्ममात्र आह्वान गरिएको छ । जुलाई २५ मा आयोजना हुने कार्यक्रममा जुरी र विचारक नेताहरुबाट यसको अनुगमन तथा मूल्यांकन गरिने छ । अभियानको अन्तिम प्रतिस्प्रधी २९ जुलाइमा घोषणा गरिने आयोजकले वताएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।