- फिल्मको नामः राजी
- निर्देशकः मेघना गुलजार
- स्टार कास्टः आलिया भट्ट, बिक्की कौशल, रजित कपुर, जयदिन अहलावत, अमृता खानविलकर, सोनी राजदान
- समय अवधिः २ घण्टा २० मिनेट
- रेटिङः फोर स्टार
एजेन्सी । निर्देशक मेघना गुलजारले अहिले र केही वर्ष पहिले आरुषि तरवार मर्डर मिष्ट्रीमा आधारित फिल्म ‘तलवार’ बनाएका थिए । त्यस फिल्मलाई निकै रुचाईएको थियो । अहिले फिल्म ‘राजी’को साथमा असल जिन्दगीमा आधारित जासुसको कहानीलाई दर्शकमाझ प्रस्तुत गरेका छन् ।
हरिदर सिक्काको उपन्यास ‘कालिंग सहमत’मा आधारित यो फिल्मको बारेमा भन्नुपर्दाः
कहानीः
यो फिल्मको कहानी कश्मीरमा रहँदै आएका हिदायत खान (रजित कपुर) र तेजी (सोनी राजदान)बाट सुरु हुन्छ, जसको छोरी सहमत (आलिया भट्ट) दिल्लीमा पढ्दै गरेकी हुन्छे । एक जासुसी ट्रेनिङको हेड खालिद मिर (जयदिप अहलावत) हिदायको राम्रो साथी हुन्छ ।
हिदयातको काम सही समयमा सबै जानकारीहरु देशको सुरक्षाको लागि पु¥याउनुपर्ने हुन्छ । यसैबीच यस्तो हुन्छ कि सहमतको बिहे पाकिस्तानी एक आर्मी अफिसर्सको छोरो इकबाल सैयद (विक्की कौशल)सँग गरिदिन्छन् ।
जब सहमत पाकिस्तान पुग्छिन्, सोही समयमा केही पास्तिानी दस्तावेज र सुराकी जानकारी भारतीय सुरक्षा एजेन्सीसामु पुग्छ । यसैबीच फिल्मको सबै ट्वीष्ट र युटर्नहरु प्रस्तुत हुन्छन् । र भारत र पाकिस्तानबीच भएको १९७१को युद्धको बारेमा ठुलो खुलासा पनि हुन्छ ।
एक तर्फ सहमत पाकिस्तानी परिवारको बुहारी हुन्छिन् त, अर्को तर्फ भारतीय छोरी । र अन्त्यमा के हुन्छ भन्ने कुरा चाँही फिल्म हेर्नै पर्छ ।
फिल्म किन हेर्ने?
यो फिल्मको कहानी त्यसै पनि हरिंदर सिक्काको उपन्यास ‘कालिंग सहमत’मा आधारित छ । तर, जुन प्रकारको यस फिल्मको स्क्रीन प्ले र चरणबद्ध घटनाहरुलाई लेखिएको छ, यो निकै रोमाञ्चक छ । यस प्रकारको कहानी सुन्न त्यति मिठो छ । मेघना गुलजारले आफ्नो निर्देशन र ठुलो रिसर्चबाट अझ त्यो भन्दा बढी मिठास बनाइदिएको छ ।
जहाँ ७०को दशकको चिजहरुलाई भारतको कश्मीर र पाकिस्तानको इलाकाद्वारा देखाईएको छ, त्यो धेरै दर्शनिय छ । यो फिल्मको लोकेशन पनि राम्रो छ । २ घण्टा २० मिनेट लामो यो फिल्मलाई हेरेर तपाईलाई लाग्न सक्छ कि, ४९ दिनमा यो फिल्म खिचिएको थिएन ।
पर्फमेन्सको हिसाबले पुनः एक पटक अभिनेत्री आलिया भट्टले आफ्नो भुमिकालाई न्याय गरेकी छन् । विक्की कौशलले छोरो र पतिको राम्रो भुमिका निभाएकी छन् ।
बक्स अफिसः
यो फिल्मको बजेटको कुरा गर्दा ३० करोड लगानी भएको छ । समाचारमा आए अनुसार यो फिल्मको डिजिटल राइटस् भने पहिल्यै बिक्री गरिएको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।