बाजुरा, (नेस)
प्रदेश नं सातको बाजुरा लगायतका जिल्लामा लामो समय देखि जरो गाडेको छाउँपडि कुप्रथा हिमाली गाउँपालिकामा समेत हट्न सकेको छैन । बाजुराका अधिकाँस महिलाहरु छाउँ हुदा पाँच दिन सम्म घर बाहिरको गोठ कटेरा र ओडारमा बस्नुपर्ने बाध्यता कायमै रहेको छ ।
छाउ भएको वेला घरमा बस्दा र गाई भैसिलाई छुदा देविदेबताले अनिष्ट गर्छन भन्ने पुरानै रुढीबादी परमपराले यहाँका महिलाहरु छाउँ गोठमा अलग बस्नु पर्नेबाध्यतामा रहेको स्थानिय हिरुकला बुढाको गुनासो छ । यहाँका महिलाहरु छाउँ भएको बेला सुरक्षीत ठाउँमा बस्नुकोत कुरै छोडौ छाउँगोठमा ओड्ने ओछ्याउने कपडा समेत नपायएर चिसोमा कठ्याग्रिए र बस्नु पर्ने बाध्यतामा रहेका छन ।
छाउ भएको वेला गाई भैसीको दुध दहि महि घ्यू छाउपडिलाई खान दियो भने गाई भैसा मर्छन भन्ने रुढीबादी सोचले नुन मच्चा संग रोटी खानुपर्ने र पाँच दिन पछि मात्र दहिदुध खान पाउने गरेको गुनासो बुढाले गर्नुभयो । हिमाली गाउँपालिकाको विच्छयाँमा छाउपडीलाई बस्ने गोठ लगाएको र गाउँका सवै महिला तिनै छाउँ गोठमा बस्ने, छाउँ गोठ नभएका महिला ओडार र डोकोमा सुत्ने गरेको सोहि गाँउकी विनकाला रोकायाले दुखेसो गर्नुभयो ।
विगतका महिलाका भन्दा अहिलेका महिलाहरुलाई धेरै सजिलो भएको भन्दै ७० वर्षिया धनसरी रोकायाले पहिला आफूले ओडार, जाँगि, गोठ, कटेरा बस्दा हिउँको चिसोले कतिपय दिदी बहिनीले अकाल ज्यान गुमाउनु परेको बताउनु भयो । यस्ता कु प्रथा क्रमशै हटाउदै जानु पर्ने र महिला स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेमा धेरैको जोड छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।