इलाम, (नेस)
सूचनाको हक लोकतन्त्रको प्राणवायु भएको राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटाले बताए । ‘सूचनाको हक मरे लोकतन्त्र मर्छ’, आयुक्त बाँस्कोटाले भने– ‘सूचनाको हक बढे लोकतन्त्र झन सम्बृद्ध भएर जान्छ ।’
जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघ इलामले सदरमुकाममा शुक्रबार आयोजना गरेको सुचनाको हक संरक्षण, सम्बद्र्धन र प्रचलन बिषयक अन्तरक्रियामा आयुक्त बाँस्कोटाले सूचना लिन आम नागरिक जागरुक हुनुपर्नेमा जोड दिए ।
बाँस्कोटाले प्रशासक र पदको आवरणमा सूचना लुकाएर लोकतन्त्रको उपहास गर्न नहुने धारणा राखे । उनले लोकतान्त्रिक पद्धतीमा पनि सूचना लुकाउने जो–कोहीलाई कानूनी दायरामा ल्याउनुपर्ने धारणा राखे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।