नेपालगञ्ज, विद्युतको हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेण्ट लागेर बाँके राप्तीसोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ बजे विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खसेपछि करेण्ट लागेर सोही स्थानका ३४ वर्षीय सुरेश चौधरी र २२ वर्षीय टीकाराम चौधरीको मृत्यु भएको छ । सो घटनामा तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
करेण्ट लागेर दुईवटा गाई, दुईवटा भैँसी र पाँचवटा बंगुर मरेका छन्, भने करेण्टका कारण केही घरमा आगो लागेको बताइएको छ । प्रहरीले घटनाको छानबीन गरिरहेको छ ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।