असारको सुरुवातका दिन भए पनि, रिडीबाट सालघारीको उकालो बाटो दिउँसोका चर्का घाममा हिंड्न पर्दा गर्मी र तिर्खाले मरिन्छ कि जस्तो हुन थालेको थियो । धेरै दिनपछि घर जाँदा रिडीबाट थोर्गाको सालघारीको उकालोमा हिंड्दा, कतिबेला घर पुगेर पिताजीसित भेट होला, बहिनीहरू के गर्दै होलान्, गाउँका दाजुभाइ कान्छा बा जेठा बाहरूको हालखबर के छ होला ? स्यालपोखरी, राउतको दोकान र हुलाकको चौपारीमा अचाल पनि उस्तै मान्छे जम्मा हुन्छन् होला कि हुन्नन् होला ? जस्तो उत्सुकता त्यो पटक पटक्कै थिएन । झअंलेको उकालामा पङ्तिबद्ध भएर वर्षौं वर्ष उभिएका आँपका रुखहरू जुन रुखमा रिंडीको पाठशालामा पढ्न जाँदा आउँदा आफू स्वयम् चढेर मिठा फलहरू टिपेर आनन्द मानेर खाने गर्दथें । जुन स्थान र आँपलाई सम्झंदा आज पनि मन पुलकित हुन्छ । त्यहाँ पुग्दा त आनन्दको सीमा नै रहँदैन, त्यसपटक त्यहाँ पुग्दा पनि मन अँध्यारो नै भैरह्यो । बल्लबल्ल झंअलेको पोखराको स्वामीको बुटामुनि पुगियो । अब त एक पाइला पनि उकालोमा सार्नसक्ने अवस्था रहेन र स्वामीको जरामा थचक्क बसें । त्यो उकाले हिंड्दा त्यहाँ कमै बसिन्थ्यो । त्यहाँभन्दा अलि माथि बाघखोरको नजिकै बरपीपलको चौपारी छ, त्यही बसेर रिडीबाट उकालो हिंडेर जाँदा सबैले थकाई मेट्ने गर्दथे । रिडी अर्थात् रुरु तीर्थस्थल यस्तो स्थान छ जहाँ कालीगङ्गा पूर्वबाट पसेर पूर्व नै निस्कन्छिन् । त्यो दृश्य तेही झँअलेको चौपारीबाट राम्रोसित देख्न सकिन्छ । म चौपारीमा पुग्न नसके पनि स्वामीको बुटाको जरामा बसेर यसो पूर्वतर्फ हेरें । त्यस दिन मलाई त्यो दृश्यको पनि कुनै महत्व भएन । मनमा औडाहा भएपछि, मनमा पीडा भएपछि बाहिरको कुनै चिजले पनि आनन्द दिन सक्दो रहेनछ ।
मेरो मनमा चिन्ता राष्ट्र बैंकको जागिर छुटेकोमा थिएन, त्यो जागिर अस्थाई थियो, जति बेला पनि जान सक्दथ्यो अथवा बैंकले चाहे राख्न पनि सक्थ्यो । आफूसित योग्यता भएपछि जागिर अरू पनि पाइन्थ्यो । मैले जागिर छाड्न परेको मेरो काम नराम्रो भएर थिएन । मेरो काम गर्ने तरिकालाई मभन्दा माथिका बैंकका अधिकृतहरूले उदाहरण दिने गर्दथे । मेरो जाीिर पिताजीले जे नगरेस् भन्नु भएको थियो त्यही गरेका कारणले छुटेको थियो ।
अहिले जस्तो सञ्चारको सुविधा त्यतिबेला थिएन । मोबाइल फोनको त कल्पना पनि कसैले गर्दैनथे । दूरदराजका गाउँहरूमा खबरको आदान प्रदानको एकमात्र साधन हुलाक सेवा मात्रै थियो । पिताजी बिमारी परेर बिस्तरामा पर्नु भएछ । सीताको विवाह भएको थिएन । उसले स्कूल पढ्दै थिई, साहिंली बहिनी घर माइत गर्दै थिई । दसैंमा माइत आएकी रहेछ । पिताजीले “यस पटकको दसंैमा दाइ आउँदैन होला भरखर जागिरमा लागेको छ, मलाइ पनि सन्चो भएन । तिमीहरूलाई जसरीतसरी बडादसंैको टीका जमरा त लगाइ दिउँला, अरू कुरा मलाई पनि सञ्च होला र तिमीहरूको दाइ पनि आउला, त्यसपछि जे–जे मन पर्छ बनाएर खाउँला, छोरी हो यस पटको दसैं यस्तै भयो । आमा भएको भए पनि तिमीहरूलाई वर्ष दिनको यत्रो चाडमा यस्तो रुल्लटुल्ल हुनुपर्ने थिएन । के गर्छौ आआप्mनो भाग्यमा ल्याएको कुरा पाइँदोरहेछ” भनेर सम्झाउँदा साहिली बहिनीले “हाम्रो पीर नगर्नु बा, हामीलाई तपाई चाँडो सञ्चो भए सधै दसैंजस्तो हुन्छ” भनेर पिताजीलाई सम्झाउँदा पिताजी मुख थुनेर रुनु भएछ । यता मेरो काम फिल्डको भएको हुँदा म दसंैको षष्ठीको दिन नै हिंडे र अष्टमीको दिन बिहानको खाना खाने बेला घर पुगें । म घर पुग्दा जामुन्पाटे बालानन्द माइला दाइ पिताजीलाई भेट्न पुगेका रहेछन् ।
बालानन्द दाइ पिताजीका ज्यादै नजिकका साथी थिए । त्यही भएर पनि पिताजीले उनीसँग सबै आफ्ना मनका कुरा गर्नु हुन्थ्यो । माइला दाइ र पिताजी भेट भएपछि केही न केही मेरा बारेमा कुरा हुन्थ्यो । त्यस दिन पनि मेरै बारेमा चर्चा हँुदै रहेछ । हेड असिस्टेन्ट भनेको धेरैले बुझ्दैनथे, गणक भनेको पनि बुझ्दैनथे । जागिरका पदमा बैदार, मुखिया, खरदार, सुब्बा र सेक्सन अफिसर भनेर बुझ्थे । जाीिर भनेको श्री ५ को सरकारको सेवालाई मात्रै बुझिन्थ्यो । मेरो राष्ट्रबैंकको पद पनि नासुसरहको भएको हुँदा सबैले सोझै नासु भन्न थालेका थिए । त्यही कुरा बालानन्द दाइलाई पिताजीले सम्झाउँदै हुनुहुँदो रहेछ । ठिक त्यही समयमा म टुप्लुक्क आँगनामा आइपुगें । सीताले पहिले मलाई देखि “बा दाइ आउनुभयो दाइ आउनुभयो” भन्दै खुसी हुँदै भित्र पसी । भित्रबाट पिताजी, सानी नानी र माइला दाइ सँगै बाहिर निस्के । केहीबेर पहिलेसम्म उदास र निरास सुनसान घरमा म पुगेपछि एकाएक नयाँ रक्तसञ्चार भयो । साहिंली बहिनीले दसंैका रोटी पकाउन पिठो कुट्नका लागि चामल भिजाउन थाली । पिताजीलाई पनि ज्वरोले छोडेजस्तो भयो । सबैको मुख उज्यालो भयो । दसैंमा घरलाई लिपपोत गरेर राम्रो बनाउने चलन हुन्छ । तर हाम्रो घरमा लिपपोत नभएको भए पनि दसैंभित्र पस्यो ।
बल्ल तल्ल घरमा पुगियो । घरमा कोही रहेनछ । भरियालाई पैसा दिएपछि ऊ तुरुन्तै फक्र्यो । मैले यताउता हेर्न थालें । बा भनेर बोलाउने आँट आएन । केही बेरपछि एउटी लगभग चौध पन्ध्र वर्षकी केटीले पानीको गाग्री लिएर आइन् । त्यो केटीलाई मैले कहीँ देखेजस्तो त लाग्यो, तर ठम्माउन सकिन । उनले पनि पानीको गाग्रीभित्र राखेर बाहिर आएर घर कहाँ होला भनिन् । तर मैले जवाफ दिन नपाउँदै भित्र पसेर बाहिर निस्किनन् । विवाहपश्चात् हाम्रो त्यो पहिलो भेटघाट थियो ।
यद्यपि पिताजीले मासु खानु हुँदैनथ्यो तर म दसंै मान्न घर पुगेका कारणले जामुनपाटे माइला दाइलाई “माइला कतै खसी काटे भने एक भाग हाम्रो घर पनि पठाइ दिने व्यवस्था गरिदेऊ” भन्दै पैसा दिनु भयो । सानी नानीले खाँदैनथी, कान्छी बहिनी सीता र मैले मात्रै मासु खान्थ्यौं । म आएको थाहा पाएपछि साथीहरू भेट्न आउन थाले । धेरै बेरसम्म हाम्रो घरमा बसे । घाम ग्वादीको तेर्सोबाटोमा पुग्न थालेपछि साथीहरूले मलाई माँझगाउँतिर घुम्न जाँऊ भन्न थाले । “पिताजीले आज यो जाँदैन थाकेर आएको छ । भोलितिर लैजाउला” भनेर मलाई रोक्नुभयो ।
साहिंली बहिनीले पारी पिपलमुनि गएर भिजाएका चामल ढिकीमा कुटाएर ल्याई । बालानन्द दाइले मासु पनि पठाइ दिए । साथीहरू गइसकेपछि पिताजीले “हेर बाबु तँ भरखर जागिरमा लागेको छस् । दुई दिनका लागि घर आएको छस् । तँ नआउँदा घरमा रुवाबास नै थियो । तेरा बहिनीहरू कति हो कति दुःखी थिए । तँ आउनेबित्तिकै घरमा खुसीको मूल नै फुटेर आएजस्तो भएको छ । छुट्टी भरी घरमै बस । अचाल तेरा साथीहरूको चाल चलन पनि राम्रो छैन । जाँडरक्सी सेवन गर्न थालेका छन्” भन्न थाल्नुभयो ।
दूध, दही, घिऊ र खुदो घरमै थियो । चामलको पिठो आएपछि पिताजी स्वयम् बसेर अर्साका लागि ढेंडो पकाउन थाल्नुु भयो । मासुको कवाफ बनाउन भन्नुभयो । पहाडको चिसो ठाउँ घिउमा भुटरे राखेपछि धेरै दिन नबिग्रने । मिठा रोटी र मासु खाएर म त अघाइसकेको थिएँ । त्यही पनि पिताजीले अलिकति भात दूधसित खान कर गरेपछि भात पनि खाएँ । आमा परलोक हुँदा म अलि सानो थिएँ त्यसकारण मैले बर्खी बारेको बेलामा पकाएर खान नसक्ने भएपछि मलाई पकाएर ख्वाउन पिताजीले पनि अरूले पकाएको खान छाड्नुभएको थियो । त्यसपछि आफ्नो जीवनको अन्तिम दिनसम्म पनि आफ्नै हातले पकाएर खाएर जानुभयो ।
म पढेर गर्मीको छुट्टीमा घर आउँदा एउटा सांस्कृतिक कार्यक्रम गर्दथें । त्यसकारण सांस्कृतिक कार्यक्रम गर्ने साथीहरूले पनि घर आएको थाह पाएपछि खोज्दथे । त्यसवर्ष च्युरेकीहरूले पनि दसैंको अवसर पारेर ठूलापोखराको स्कूलमा एउटा साँस्कृतिक कार्यक्रम आयोजना गरेका रहेछन् । म आएको थाहा पाएपछि बोलाउन आए । त्यहाँ भने पिताजीले नजा भन्नुभएन । माझगाउँतिर जाने टोलीसित रक्सी सेवनको डर, साँस्कृतिक कार्यक्रमतिर जाने टोलीमा तन्नेरी तरुनीहरूसितको भेटघाटले बिगार्ने डर । दसैंको मौकामा बाहिर गएकाहरू पनि आउने र घर गएका चेलीहरू पनि माइत आउने हुँदा पुरानो माया पिरतीको भेटघाट हुने अवसर । आखिरी समाज न हो । यो चलनलाई कसले नियन्त्रण गर्न सकेको छ र ।
बडो रमाइलोसित दसंै बित्यो । दसैंका दिन राती थानापतिको दुर्गाको मन्दिरमा सरायं हेर्न गएर बिहानको उज्यालो हुने बेलामा घरमा आउँदा पिताजी ज्वरोले निस्लोट भएर कहराइ रहनुभएको थियो । ज्वरो निको नहुँदै हाम्रो खुसीका लागि जबरजस्ती उठ्नु भएको रहेछ । दसंै सकिनेवित्तिकै फेरि विस्तरामा पर्नुभयो । “बा सन्चो भएन भन्दै” म भित्र पसें । भित्र अँध्यारो थियो, त्यही अँध्यारोलाई चिर्दै पिताजीको कहर बाहिरसम्म पुग्दै थियो । “ए बाबु आइस् । जा सुत मलाई ज्वरोले अलि च्याँपे जस्तो छ, हातखुट्टाका साथै जीउ पनि दुखेको छ” भन्नुभयो । म केहीबेर पिताजीको गोडामुनि बसेर पिताजीका पैतला चाप्न थालें । तंैले छुँदामात्रै मेरो जिउमा शीतलताका लहर दौड्न थाले भयो बाबु जा सुत भनेर कर गर्न थाल्नु भयो ।
म दुई दिन घर बसेर त्रयोदशीका दिन हिंड्न थालें । पिताजीलाई ज्वरो अलि कम भएर उठेर बस्न सक्ने हुनुभएको थियो । हिंड्ने बेलामा ढोग्न घोप्टी पर्दा आँखा रसाए, बोल्न सकिन । त्यस्तै अवस्था पिताजीलाई पनि भएछ । एउटा छोरो आफू बिमारी भएर बिस्तारामा, छोरालाई बस्छु भन्दा पनि आफै कर गरेर पठाउनु पर्ने । भरखर पाएको जागिर छुट्ला कि भनेर । केहीबेर बाबुछोरा नै बोल्न सकिएन । केही बेरमा मौनतालाई भङ्ग गर्दै पिताजीले भन्नुभयो, “हेर बाबु तंैले मलाई केही दिन पर्दैन । तंैले यो उमेरमा नपाउने जाीिर पाएको छस् नछाडेस् । थाहा पाए तेरा साथीहरू उही तँ भएका ठाउँमा पुग्नेछन् । तेरा साथीहरूले नपढेका कारणले जागिर पाएका छैनन् र राजनीति भन्दै हिंडेका छन् । साथीहरूले ठूला–ठूला कुरा गरेर तलाई जाीिर छोडाउन कोशिस गर्नेछन् भाग्य छ भनेर चालनामा दूध दोएर अडिदैन । दूध अडिन नचुने भाँडामा दुहुनुपर्छ । आफ्नो ठेगाना साथीहरूलाई नदिनु । बरु भेट हुँदा पार्टीमा काम गर्ने साथीहरूलाई अलिअलि पैसा दिए हुन्छ ।
नपढेको मान्छेले राजनीति पनि गर्न सकिदैन र जागिर पनि पाउँदैन । त्यसकारण जागिरका साथ पढाइलाई पनि अगाडि बडाउने काम गर्नू । अहिलेको बिमारी त केही होइन, यो सञ्च हुँदैछ । तर तैंले जागिर छाडिस् भने म कहिल्यै उठ्न नसक्ने गरी बिस्तरामा पर्नेछु । मेरो सपना तँलाई सबैले मान्ने धेरै ठूलो मान्छे भएको देख्ने छ” भन्दै भक्कानिनु भयो । २०२६ सालतिर श्री ५ को सरकारले नेपालभरिबाट निजी रूपमा सञ्चालन गरिएका अठार वटा कलेजहरूलाई बन्द गरेपछि आएको आन्दोलनमा धरपकड गर्न थालेपछि त्यसविरुद्ध पर्चा पम्प्लेट गर्ने काममा सक्रिय हुँदा जागिर जोगिन सकेन । अब यो कुरा पिताजीसित कसरी गर्ने ? यही चिन्ताले मलाई सताइरहेको थियो ।
हातको घडीमा हेर्दा चार बजिसकेछ, गुण्टा बोक्ने भरिया कराउन थाल्यो । “म त आजै भारी खोज्न फर्कनुपर्छ, यसरी बसेर कहाँ हुन्छ हिंडौं” हामी त्यहाँबाट हिंड्यांै ।
बल्लतल्ल घरमा पुगियो । घरमा कोही रहेनछ । भरियालाई पैसा दिएपछि ऊ तुरुन्तै फक्र्यो । मैले यता उता हेर्न थालें । बा भनेर बोलाउने आँट आएन । केही बेरपछि एउटी लगभग चौध पन्ध्र वर्षकी केटीले पानीको गाग्री लिएर आइन् । त्यो केटीलाई मैले कही देखेजस्तो त लाग्यो, तर ठम्माउन सकिन । उनले पनि पानीको गाग्रीभित्र राखेर बाहिर आएर घर कहाँ होला भनिन् । तर मैले जवाफ दिन नपाउँदै भित्र पसेर बाहिर निस्किनन् । विवाहपश्चात् हाम्रो त्यो पहिलो भेटघाट थियो ।
बहिनी नआउदासम्म मैले पानी पनि पिउन पाइन । साँझ कुनै खास कुरा भएन । पिताजीले अनुमान गरी सक्नुभएको थियो । त्यसकारण धेरै बोल्नु भएन । मसित पनि पिताजीसित बोल्नसक्ने कुनै आँट थिएन । अर्को दिन बिहानको खान खाइसकेपछि पिताजीले “बाबु तँलाई कसैले झुकाउन नसकोस् । दूधभात पनि कहिल्यै नटुटोस् तर छोराले कुरा नबुझ्दा कस्तो पीडा हँुदोरहेछ भन्ने कुरा भने महशुस हुनेछ” भनेर आँसु झार्नुभयो । मैले पिताजीलाई दिएको त्यो पहिलो र अन्तिम पीडा थियो । त्यतिबेला पिताजीले जे भन्नुभएको थियो त्यो आज मलाई महशुस भएको छ । पितृका वचन जस्ताको तस्तै लागू हुन्छन् । पितृलाई पीडा दिने काम गर्न हुँदो रहेनछ । जय राष्ट्रवाद !
मेघराज ज्ञवाली