उदयपुर ।
संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले त्रिदेशीय सडक योजनालाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको र सोही कार्यक्रम अनुसार भौतिक पूर्वाधारले राष्ट्रिय राजमार्ग, निर्माण, त्रिदेशीय सडक निर्माण गर्ने, पूर्व पशिचम सडक, उत्रर दक्षिण सडक विस्तार गर्ने कामलाई प्राथमिकता दिएर काम अघि बढाएको बताएका छन् ।
आइतबार गाईघाट दिक्तेल सडक योजनाको सगरमाथा लोकमार्ग अन्तर्गतको उदयपुर र खोटाङ जिल्लाको सडकको अवस्था अध्ययन गर्नुका साथै गत असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले भत्काएको पुलको अवलोकन निरीक्षणका क्रममा उदयपुरको गाईघाट र खोटाङको रसुवाघाटमा आयोजित कार्यक्रममा मन्त्री दाहालले सो कुरा व्यक्त गरेका हुन्।

मन्त्री दाहालले गाउँ घरका पक्किपुल, सडक सबै भत्किएकोले बनाउनु पर्ने अवस्था रहेको स्थानीय तह प्रदेश र संघीय सरकारले बनाउनु पर्ने भएको छ भने समाज रुपान्तरणकालागि विकास निर्माणमा लागि परेको बताए ।
सुनकोशी नदीमा पुल बनाउन ३५ करोडको श्रोत सुनिश्चित गरिएको र फोक्सिंटार माहुरे ५१ किलोमिटर कालोपत्रे गर्ने काम पहिलेको ठेक्का रद्ध गरेर पुनः अर्को ठेक्काबाट काम गर्न व्यवस्था मिलाइएको मन्त्री दाहालले बताए ।
यस अघि मन्त्री दाहालले उदयपुरको सदरमुकाम गाईघाट बोक्सेमा आयोजित गाईघाट दिक्तेल सडक योजनाको नव निर्मित कार्यालय भवन उद्घाटन गर्दै नयाँ ठेक्का प्रक्रिया अनुसार गाईघाट दिक्तेल सडक योजनाको काम गर्न विभिन्न समस्या समाधान गर्दै अघि बढेकोले काम समयमै सम्पनन गर्न सहज हुने बताएका छन् ।
सो कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरि पोखरेलले गाईघाट दिक्तेल सडक योजना मातहतको यो सडक नयाँ ठेकका लागेकोले ढिलासुस्ती नगरी तोकिएको समयमानै सम्पन्न हुने र विगतमा भएका कमी कमजोरी, ढिलासुस्ती जस्तै काम नगर्न निर्माण कम्पनिलाई अनुरोध गरे ।

मन्त्री दाहालले आजै उदयपुरको चौदण्डीगढी नरपालिका वडानं ५को बेलहा र सिवाई जोड्ने त्रियुगा नदीमा निर्माण सम्पन्न भएर बाढी बगाएको पुलको अवलोकन गरेका छन् । सो अवसरमा स्थानीयले सडक तथा पुल निर्माणको माग गर्दै मन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।
े
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।