भक्तपुर, (नेस) ।
अबैध लागू औषध गाजा सहित प्रहरीले भक्तपुरबाट चारजनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा झापा खुदुनाबारी ११ घरभई हाल अर्जुन धारा नगरपालिका ३ बस्ने १८ वर्षीया माण्डुक्के खड्का र पर्वत कुश्मा नगरपालिका ९ ठुले पोखरी घरभई हाल काठमाण्डौ बुद्धनगर डेरा गरि बस्ने १७ वर्षीया प्रशान्त सुबेदीलाई पक्राऊ गरेको हो ।
चाँगुनारायण नगरपालिका ६ तेलकोटमा नगरकोटबाट भक्तपुर तर्फ आईरहेको बा. ६५ प. ७१२ नम्बरको स्कुटरमा चेकजाच गर्दा सुबेदीले बोकेको झोलामा १७ पोकामा ४१० ग्राम लागुऔषध गाँजा बरामद गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरि प्रहरीले गाँजा सहित मोरङ रंगेली नगरपालिका ८ घर भई हाल काठमाण्डौ पुरानो बानेश्वरमा डेरामा बस्दै आएका २१ वर्षीय दिपिन श्रेष्ठ र भक्तपुर चाँगुनारायण १० का १९ वर्षीया मनिष के.सी.लाई पक्राऊ गरेको छ ।
प्रहरीले चाँगुनारायण नगरपालिका ६ बतासेमा नगरकोटबाट भक्तपुर तर्फ आईरहेको बा. ९१ प. १४१६ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मनोज के.सी.ले बोकेको झोलाभित्र ३०० ग्राम लागुऔषध गाजा बरामद गरेको थियो । प्रहरीले सवारी साधन सहित चारजनालाई पक्राऊ गरि अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।