नेपाल समाचारपत्र, पोखरा ।
लायन्स क्लव इन्टरनेशनलको १०१औं महाधिवेशन अमेरिकाको लसभेगसमा सुरु भएको छ । जुन २८ देखि जुलाई ३ सम्म ६ दिन सञ्चालन हुने महाधिबेशनमा २ सय १० राष्ट्रका लायन्स लिडरहरुको सहभागी रहेको छ ।
महाधिवेशनले लायन बर्ष २०१८/०१९ का लागि नयाँ नेतृत्व चयन गर्ने छ । महाधिबेशनले एक बर्षे कार्यकालको लागि आइसलेण्डका नागरिक गुजरोन बिजर्ट याङभाबाडोटरलाई सर्वसम्वत निर्र्वािचत गर्नेछ । गतबर्ष अमेरिकाको सिकागोमा सम्पन्न १००औ महाधिवेशनले उनलाई प्रथम अन्तराष्ट्रिय भाइस प्रेसिडेन्टमा निर्वाचित गरेको थियो ।
परेडमै बाँडियो नेपाल भ्रमणको निम्तो
उनी लायन बर्ष २०१८/०१९ को लागि लायन्स अन्तराष्ट्रियको सर्वसम्वत प्रेसिडेन्टका उमेदवार हुन । याङभाबाडोटर सन १९९२ देखि लायन्स क्लवमा आवद्ध भई क्लवको भाईसप्रेसिडेन्ट, प्रेसिडेन्ट,जोन चियर पर्सन, डिष्ट्रिक गभर्नर, डिष्ट्रिक चियरपर्सन, मल्टिपल काउन्सील चियर पर्सन, जिएमटी एरिया लिडर हुदै अन्तराष्टिय« प्रेसिडेन्ट हुने सौभाग्य पाएका छन् । उनी नेपाली लायनवादका सुभचिन्तक समेत हुन ।
३ बर्ष अगाडि नेपाली लायनबादको इतिहास मै पहिलो पटक ई. संजय खेतान अन्तराष्ट्रिय डाइरेक्टर पदमा निर्विरोध निर्वा्चित भएका थिए । उनले अहिले लायन्स अन्र्तराष्ट्रियले सुम्पिएको जिम्मेवारी निर्वाह गर्दै नेपालको गौरव बढाएका छन् । अमेरिकाको लसभेगसमा जुन ३० देखि जुलाई ४ सम्म संचालन हुने महाधिवेशनमा भाग लिनको लागि नेपालबाट करिव २ सय लायन्सहरुको सहभागिता रहेको डिष्ट्रिक डिपार्टमेन्ट चिफ मोहनबाबु खड्काले जानकारी दिए ।
महाधिबेशनमा नेपालबाट निर्वाचित ४ वटा डिष्ट्रिकका डिष्ट्रिक गभर्नरहरुका साथै ठूलो संख्यामा नेपाली लायन्सहरुको सहभागि रहेको छ । महाधिवेशन सुरु हुनु अगाडी आयोजित ¥यालीमा नेपालबाट महाधिवेशनमा भाग लिन लसभेगस पुगेका पुरुष लायन्सहरुले राष्ट्रिय पोशाक दौरा सुरुवाल, कोट, टोपी सहित नेपालको राष्ट्रिय झण्डा र महिला लायन्सहरुले साडी, ब्लाउज र नेपालको राष्ट्रिय झण्डा फहराउदै सहभागिता जनाएका थिए । उनीहरुले नेपाल सरकारले सन २०२० मा नेपालमा २० लाख पर्यटक भित्राउन घोषणा गरेको भ्रमण बर्षको वारेमा समेत प्रचार प्रसार गरेको खड्काले बताए ।
सरकारले घोषण गरेको भ्रमण बर्षलाई सघाउन हामीले अमेरिकाबाट प्रचार अभियान थालीसक्यो खड्काले भने । खड्काका अनुसार नेपालका मल्टिपल काउन्सील चियर पर्सन बालकृष्ण बुर्लाकोलीले बिश्वमा लायन्सले गर्नुपर्ने सेवा, सदस्यता बृद्धी, सामाजिक उत्तर दायित्व र भूमीका लगायतका बारेमा २१० देशका सहभागि लायन्सहरुबीच आफ्नो भनाई राखेका थिए ।
यो नेपाली लायनबादको उच्च सम्मान गर्दै लायन्स अन्तराष्ट्रियले प्रदान गरेको बताइएको छ । लायन्स अन्तराष्ट्रियको महाधिवेशनमा बाल््ने अवसर कमैलाई हुने गर्दछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।