दैलेख, (नेस)
जिल्लाको भगवतिमाई गाउँपालिका ३ का अनाथ बालबालिकालाई युवाहरुले सहयोग गरेका छन् । स्थानीय पदम खड्का, सुर्खेत वीरेन्द्रनगरकी ११ बस्ने इन्जिनीयर शर्मिला शर्मा र सिम्ता गाउँपालालिका सुर्खेतका प्रेम केसीको पहलमा स्थानीय पाँच जना बालबालिकालाई सहयोग गरेका हुन् ।
आमा बाबु नभएका कारण विद्यालयमा चाहिने आवश्यक शैक्षिक सामग्रीको अभावमा रहेका स्थानीय पाँच जना बालबालिकाहरुलाई सहयोग सामग्री प्रदान गरिएको हो ।
स्थानीय कक्षा ६ मा अध्ययनरत ११ बर्षिया प्रेमा विक, कक्षा ५ मा अध्ययनरत ९ बर्षिया शुनकेसा विक, कक्षा १ मा अध्ययनरत ६ बर्षिया महेन्द्र विक लाई उनिहरुको घरमै पुगेर शैक्षिक सामग्री प्रदान गरिएको हो ।
यस्तै कक्षा ५ मा अध्ययनरत १० बर्षिया भुमिसरा नेपाली र कक्षा २ मा अध्ययनरत ७ बर्षिया नवीन नेपालीलाई पनि सहयोग सामग्री हस्तान्तरण गरिएको सहयोग प्रदान गर्न पुगेका पदम खड्काले जानकारी दिए । अभिभावक विहिन बालबालिकाहरुलाई झोला, कापी, कलम, कक्षा ५ र ६ मा अध्ययनरत बालबालिकालाई ग्रामर र डिस्नेरी प्रदान गरिएको खड्काले जानकारी दिएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।